८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार ३५ वर्षीय राजेन्द्र लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।  

रसुवाको कालिका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फकर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार लामा र अर्याल दुर्घटना परेका थिए। दुर्घटना लगत्तै नुवाकोटस्थित त्रिशूली अस्पतालमा पुर्‍याइएका अर्यालको उपचारको क्रममा शनिबार बिहान ज्यान गएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।  

प्रदेश ३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेस्थित सडकबाट करिब २० मिटर तल खसेको थियो।

प्रकाशित: १ फाल्गुन २०७७ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App