१९ असार २०८१ बुधबार
image/svg+xml

रुस्लान एमेच्योर गल्फ यसै साता

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) र रुस्लानको संयुक्त आयोजनामा यसै साता रुस्लान एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ।

रुस्लान भोड्का नयाँ बोतलमा

रुस्लानले भोड्का उत्पादनले ५० औं वर्ष पार गरेको छ। यसै अवसरमा कम्पनीले आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरूप दिएको जनाएको छ।

रुस्लानलाई अवार्ड

रुस्लान अल्ट्रा प्रिमियम भोड्काले मोन्डे सेलेक्सन अवार्डसमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ।

रुस्लानको स्वीमसूट क्यालेन्डरमा प्रियंका कार्की

रुस्लानले नेपालमा पहिलो पटक हाइ–फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ। बितेको ४० वर्षदेखि रुस्लानले बजार प्रवर्दन र ब्राण्ड पहिचानका नवीनतम सोचद्वारा ब्राण्डिङमा अग्रता हासिल गर्दै आफूले प्राप्त गरेको नेपालको लोकप्रिय भोड्काको शानलाई निरन्तरता दिदै आएको छ।

थ्री स्टारलाई टाइब्रेकरमा सफलता

आयोजक एलेभन एरोज क्लब दुहवी सुनसरीलाई टाइब्रेकरबाट ४–१ गोलले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब काठमाडौं यहाँ जारी तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मकवानपुर गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

सरस्वती युथ क्लबलाई २–० ले हराउँदै रुस्लान थ्री स्टार क्लब हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वार्टरफाइनलबाट थ्री स्टारले आफूलाई अन्तिम चारमा सुरक्षित गरेको हो।

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

झरीले रुझेको मैदान हिलाम्यसँगै चिप्लो उस्तै। खेलाडी आफैं पनि नियन्त्रण हुन कठिनाई थियो। बुधबार बिहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टारले विभागीय टोली एपिएफलाई अन्तत् पेनाल्टी सुटआउटमार्फत पन्छायो।

उपाधिका लागि थ्री स्टार र पारो एफसी भिड्दै

रुस्लान थ्री स्टार क्लब शुक्रबार फुुुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को फाइलमा पारो एफसीको सामना गर्दा सिजनको पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने लक्ष्यमा हुनेछ।

सेमिफाइनलमा पुग्ने थ्री स्टारको लक्ष्य

रुस्लान थ्री स्टार क्लब शनिबार फुुुनसोलिडमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपमा उजेन एफसीको सामना गर्दा सेमिफाइनल लक्ष्यमा हुनेछ।

डिपिएलका खेल आजबाट

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका खेल सोमबारबाट सुरु हुँदैछ। वर्षाले मैदान हिलाम्मे भएकाले खेल दुई दिन पछि सारिएको हो। वर्षाका कारण खेल दुई दिन पछि सारिए पनि पूर्वनिर्धारित मितिमै शनिबार डिपिएल तेस्रो संस्करणको एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको थियो। सोमबार बिहान ९ बजे पहिलो खेल धनगढी स्टार्स र  काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल हुनेछ।

धनगढी प्रिमियर लिगको उद्घाटन

रुस्लान धनगढी प्रिमियर लिग प्रतियोगिताको तेस्रो संस्करणको औपाचिरक रूपमा शनिबार उद्घाटन गरिएको छ । वर्षाका कारण दुई दिनपछि खेल सारिए पनि पूर्वनिर्धारित मितिमा नै शनिबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।

पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र अलराउन्डर शरद भेषावकरलाई मंगलबार रुस्लानले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

फाल्गुनन्द गोल्डकप : उपाधि होडमा आर्मी र झापा

प्रतियोगितामा निक्कै दर्बिला मानिएका विभागिय टिम त्रिभुवन आर्मी क्लब र झापा–११ दशौँ रुस्लान फाल्गुनन्द गोल्डकपको फाइनलमा आम्नेसामुन्ने हुँदैछन्। दुबै टिमले एक–अर्कालाई कमजोर आकेका त छैनन् तर जित जसरी हासिल गर्ने भन्ने रणनीतिमा लागेका जुटेका छन्। झापाका खेलाडीलाई खेलमैदानको राम्रो अनुभव छ भने आर्मीका युवा खेलाडीहरुमा स्टामिना देखिन्छ।

‘ए’ डिभिजन लिग : थ्री स्टारको जितमा रन्जन नायक

रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्