२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकप : उपाधि होडमा आर्मी र झापा

दशौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेल हुन पूर्व आयोजित पत्रकारसम्मेलनमा ट्रफि उचाल्दै झापा–११ र त्रिभुवन आर्मि क्लबका प्रशिक्षक र क्याप्टेन । तस्बिर : गिरिराज /नागरिक

पाँचथर - प्रतियोगितामा निक्कै दर्बिला मानिएका विभागिय टिम त्रिभुवन आर्मी क्लब र झापा–११ दशौँ रुस्लान फाल्गुनन्द गोल्डकपको फाइनलमा आम्नेसामुन्ने हुँदैछन्। दुबै टिमले एक–अर्कालाई कमजोर  आकेका त छैनन् तर जित जसरी हासिल गर्ने भन्ने रणनीतिमा लागेका जुटेका छन्। झापाका खेलाडीलाई खेलमैदानको राम्रो अनुभव छ भने आर्मीका युवा खेलाडीहरुमा स्टामिना देखिन्छ।

गोल्डकपको उपाधिका लागि यी टिम सदरमुकाम फिदिममा रहेको फिदिम माविको खेलमैदानमा सोमबार (आज) प्रतिस्पर्धा गर्दैछन्। सेमिफाइनलमा भारतको रोयल फुटवल क्लब दार्जिलिङलाई हराएर आर्मी फाईनलमा प्रवेश गरेको थियो भने झापाले अर्को विभागिय टोली एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। दुबै टिमले निक्कै दर्बिला टिमलाई प्रतियोगितामा हराएकाले यीनीहरुबीच घमासान प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

आर्मी र झापाले पुराना र युवा पुस्ताका खेलाडीहरु प्रतिस्पर्धामा उर्तादै छन्। दुबै टिमका प्रशिक्षक र क्याप्टनले उपाधि जित्ने दावी गरेका छन्। अधिकतम प्रयास उपाधिका लागि हुने उनीहरुको भनाई रहेको छ। उपाधिका जित्ने गरी रणनीति बनाइएको आर्मीका प्रशिक्षक गंगाराम देउजाले बताए। ‘झापा–ं११ राम्रो टिम छ, उहाँहरुलाई यो मैदानको राम्रो अनुभव छ। तर हाम्रा खेलाडीहरुले पनि मैदानको भेउ पाएका छन्, हाम्रा खेलाडीहरुको कौशल राम्रो छ, क्वाटर भन्दा सेमी राम्रो भयो, सेमी भन्दा फाइनल पक्कै राम्रो हुने छ’ देउजाले भने ‘हामीलाई माया गर्ने दर्शकलाई खुसि बनाउन चहान्छौँ। प्रतिस्पर्धीलाई नराम्रो ठान्दैनौ तर हाम्रो स्टामिना र टिमवर्कले जित निकाल्छौँ।’

प्रतियोगिताको बिजेता टिमले ४ लाख रुपैँया नगद र ट्रफि पाउने छ। उपविजेताले २ लाख र ट्रफिमा चित्त बुझाउने छ। सर्वोकृष्ट खेलाडीले बाईक पाउने छ भने अन्य विधागत पुरस्कार समेत रहेका छन्। प्रतियोगिता फिदिम स्पोटिङ क्लब  र पाँचथर फुटवल संघले आयोजना  गरेको हो।  प्रतियोगितामा आर्मि र झापा सहित १० टिमको सहभागिता रहेको थियो। सरस्वती फुटवल क्लब, एपीएफ, डिवाईन ब्वाईज युनियन, रोयल फुटवल क्बल दार्जिलिङ भारत,  मोरङ–११, सुनसरी–११, कर्णसिह सोनाम स्मृती क्लव ताप्लेजुङ र आयोजक फिदिम स्र्पोटिङ क्बलको सहभागिता रहेको थियो। प्रतियोगितामा सबै पक्षको साथ सहयोग भएकलो भव्यताका साथ फाईनलसम्म आईपुगको संघका अध्यक्ष सुजन नेम्बाङ बताउँछन्। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्मा छिरिङ सेर्पा लगायतका टोलि फिदिम आउदै छन्। प्रतियोगिता गत पुष–२१ बाट सुरु भएको थियो।

प्रकाशित: ३० पुस २०७५ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App