१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘रुस्लान स्टुडियो’ को सुरुआत

रुस्लानले एक कार्यक्रम गर्दै रुस्लान स्टुडियो सुरुआत गरेको छ।

रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जहाँ लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरू प्रस्तुत हुनेछन्। ती संगीतहरूको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ। कार्यक्रममा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ। रुस्लान स्टुडियोको मुख्य उद्देश्य यसअघि नसुनेका धुनका केही लोकप्रिय ट्र्याकहरूमा परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नु रहेको छ।

रुस्लानले आफ्ना ग्राहकको खुसियाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिँदै आएको र रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रयकृष्ण श्रेष्ठले व्यक्त गरे। रुस्लान स्टुडियोको पहिलो शृङ्खलामा सुशान्त केसीको प्रस्तुति रहेको थियो।

प्रकाशित: ११ भाद्र २०८० ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App