१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

रुस्लान एमेच्योर गल्फ यसै साता

फाइल तस्बिर

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) र रुस्लानको संयुक्त आयोजनामा यसै साता रुस्लान एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ। 

आरएनजिसीले आफ्नो स्थापनाको १०७औं वर्ष र रुस्लानले आफ्नो स्थापनाको ५०औं वार्षिकोत्सवका अवसरमा आरएनजिसीमा दुईदिने प्रतियोगिता आयोजना गर्न लागेका हुन्। उक्त प्रतियोगिता आगामी कात्तिक १७ र १८ गते हुनेछ।

स्टेबलफर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा कुल १८ होलमा प्रतिस्पर्धा हुनेछ । क्लबका सदस्यसँगै प्रायोजकका प्रतिनिधिले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा एक सय ३० गल्फरले प्रतिस्पर्धा गर्ने रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले जानकारी दिए । १२ फरक विधाका विजेतालाई पुरस्कृत गरिनेछ । 

प्रायोजक जावलाखेल ग्रुप अफ इन्ड्स्ट्रिज (जेजिआई) का निर्देशक श्रीधर राणाले प्रतियोगितामा विशेष पुरस्कारस्वरूप बैंककको दुईतर्फी टिकट राखिएको जानकारी दिए । कार्यक्रममा क्लब कप्तान मिथुन राई र सचिव किशन अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: १६ कार्तिक २०८० ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App