१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

रुस्लान भोड्का नयाँ बोतलमा

रुस्लानले भोड्का उत्पादनले ५० औं वर्ष पार गरेको छ। यसै अवसरमा कम्पनीले आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरूप दिएको जनाएको छ।

हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको उल्लेख गर्दै बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिने कम्पनीको दाबी छ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकतामा राँदै आएको कम्पनीले जनाएको छ। ग्राहकको चाहनालाई मध्यनजर गर्दै सिर्जनशीलता र नयाँपन ब्राण्डका लागि विभिन्न समयमा परिष्कृत रूपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ। आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थानमा राख्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App