२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अपराधिक क्रियाकलाप

क्रसर उद्योगीको मनोबललेपछिल्ला समय सीमा नाघेको धेरै ठाउँमा देखिएको हो। कहीँ आफ्ना डोजरले मान्छे नै किचिदिने, कहीँ टिपरले साँढेझैँ जथाभावी हिर्काउँदै हिँड्ने अनि कहीँ भने स्थानीयका गरिखाने स्रोत नै नष्ट पारिदएर जिउँदै मारिदिने काममा पनि यी अग्रसर हुँदै आएका हुन्। धनुषाको श्रीपुरमा मारिएका ओमप्रकाश यसै शृंखलाको पछिल्लो प्रकरणमात्र हुन्।

विदेशीसँग फेसबुकमा च्याट गर्दै हुनुहुन्छ?

तपाइको फेसबुकमा कोही विदेशी साथी छन् ? अथवा विदेशी नागरिकलाई साथी बनाएर सामाजिक सञ्जालमार्फत कुरा गर्दै आउनुभएको छ ? यदी त्यसो हो भने ख्याल गर्नुहोला, ती व्यक्तिले तपाइमाथि नै अपराध गर्न सक्छन्।

एक सय २२ चिनियाँ डिपोर्ट गरिँदै

नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला (डिपोर्ट) गर्ने तयारी गरेको छ।

कुख्यात अपराधी ‘साइला’ पक्राउ

ज्यानसम्बन्धी कसूरमा मुद्दा खेपिरहेका धादिङ खनियाबासका साइला भन्ने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन्।

नयाँबजारबाट ‘राते’ पक्राउ

विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई गएराति काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको छ।

‘सहमतिको यौनसम्बन्ध पनि अपराध’

‘पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहकी महिला सैनिकसँग यौनसम्बन्ध राख्न लिएको सहमति अनुचित प्रभावमा पारी लिएको भनी बुझ्नुपर्छ।’

लागुऔषधले चिन्ता र अपराध बढ्दै

सुदूरपश्चिमको धनगढी र वरपरका क्षेत्रमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढिरहेको छ। लागुऔषधको कारोबार गर्ने गिरोहले सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागुपदार्थ ल्याएर स्थानीय किशोरकिशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेका छन्।

‘चार्ली फोक्स्टर’ : चिनियाँ प्रहरीकै सूचनाको आधारमा

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो। ‘चार्ली फोक्स्टर’ नाम दिएर अप्रेसन गरिएको थियो।

अपराध अनुसन्धानबारे छलफल

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल सुरु गरिएको छ। शुक्रबारदेखि राजधानीमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको हो।

बलात्कार आरोपमा युवक पक्राउ

डोल्पाको मुड्केचुला गाउँपालिकामा १४ वर्षिया एक किशोरी बलात्कृत भएकी छन्। तल्लो डोल्पा अन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका ७ की एक १४ वर्षिया किशोरी बलात्कृत भएकी हुन्।

हिंसा नदोहोरिने निश्चित गर

राजनीतिक आडमा हुने सम्भावित अपराध रोक्न राज्यले अन्तर्राष्ट्रिय फौजदारी अदालतको ‘रोम विधान’ र बलपूर्वक बेपत्ता पार्नेविरुद्धको महासन्धि अनुमोदन गर्न ढिलाइ गर्नुहुन्न।

बालसुधार गृहमा क्षमता भन्दा दोब्बर बालबालिका

मुलुकी अपराध संहिता–२०७४ ले दश वर्षदेखी चौध वर्ष भन्दा कम उमेरसम्मको बालबालिकाले कैद सजाय हुने कसूर गरेमा बढीमा एक वर्ष सुधार गृहमा राख्ने व्यवस्था गरेको छ।

साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताएका छन्। समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्