२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बिमा रकमको लागि यहाँसम्मको अपराध

रौतहट र कास्कीमा भएको दुई आपराधिक कार्यले नेपाली समाजलाई धन सम्पत्ति र लोभ लालचले कता लैजाँदा छ प्रश्न उठायो ।

सीमावर्ती बजारमा लागुऔषध र अपराध साझा समस्या

मधुवन नगरपालिका सानोश्री बजारकी मनु भण्डारीले सीमावर्ती बजारमा देखिएका समस्याका बारे एक अन्तर्क्रियामा लामो सूची प्रस्तुत गरिन्। समस्याका लामो सूची प्रस्तुत गर्ने क्रममा लागु औषध र अपराध स्थानीय साझा समस्या भएको उनले बताईन्।

लाइसेन्स प्राप्त हतियारको आडमा अपराध

सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का ‘डिल’देखि आपराधिक गतिविधिमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन्।

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ। महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

मानवप्रेमी जनावर कुकुरः बफादार र अपराध अनुसन्धानमा सहयोगी (भिडियो)

हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान घरघरमा कुकुरलाई फुलमाला लगाएर पूजा गरी कुकुरलाई मन पर्ने खाना खुवाइदिने चलन छ।

कहिले खुल्ला चेत कांग्रेसको ?

आलम प्रकरणमा १२ वर्ष पुरानो घटनाको अनुसन्धान निष्पक्ष नहुने विचार राखेर कांग्रेस संक्रमणकालीन न्यायसमेत फासफुस पार्ने रणनीतिमा लागेको देखिन्छ।

अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले छाड्दैन्ः रायमाझी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन्।

अपराधको राजनीति

नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलम यतिखेर १२ वर्षअगाडि रौतहटको राजपुरमा भएको क्रूर, पाशविक र अकल्पनीय घटनाकोदोषी भई प्रहरी थुनामा छन्। आलमसँग नयाँ बानेश्वरस्थित उनको डेराअगाडि प्रातःभ्रमण गर्दा केही दिनअगाडि मेरो भेट भएको थियो। उनी बढो ढुक्क थिए। उनले कांग्रेस पार्टीलाई नयाँ ढंगले कसरी उठाउन सकिन्छ भनी मसँग भलाकुसारी गरे।

‘अपराधलाई राजनीतिले छोप्दैन’

शिवमाया तुम्बाहाम्फे संघीय संसद्मा अहिले कार्यवाहक सभामुखको जिम्मेवारीमा छिन्। बलात्कार प्रयास आरोपका कारण कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि उपसभामुख तुम्बाहाम्फे कार्यवाहक सभामुख भएकी हुन्।

अक्षम्य अपराध

पैसाको प्रलोभनमा पारी विपन्न वर्गका मानिसबाट मिर्गाैला जस्तो अति संवेदनशील अंग किनबेच हुनु हदैसम्मको अपराध हो। अहिले मानव अंग बेचबिखन कार्यमा संलग्न भनेर प्रहरीले ज–जसलाई नियन्त्रणमा लिएको छ, तिनीहरूको विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पाइए हदैसम्मको कारबाही गर्न जरुरी छ। विगतमा यस्ता कार्यमा संलग्न व्यक्तिहरू उम्किने गरेकाले पनि यस किसिमको अपराधले मौलाउने मौका पाएको हो।

‘इरानी नागरिकमाथि अमेरिकी अपराध’

प्रतिबन्ध लगाएर अमेरिकाले इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले मंगलबार आरोप लगाएका छन्।

प्रहरी भन्छ– नयाँ संहितापछि धेरै अपराधी समातिए

तीन वर्षयताको तथ्यांकले काठमाडौं उपत्यकामा १० प्रतिशतभन्दा बढीले अपराध वृद्धि भएको देखाएको छ। प्रहरीको वर्गीकरणअनुसार सबैभन्दा बढी आपराधिक क्रियाकलाप सामाजिक, महिला तथा बालबालिका र सवारीसम्बन्धी छन्।

अफताबमाथि थप अनुसन्धान गर्न सात दिनकाे म्याद थप

केन्द्रीय सत्ता र स्थानीय वर्चस्वको भरमा अपराधको सञ्जाल सञ्चालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमसम्म अन्ततः कानुनको हात पुगेको छ। कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ। पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका हुन्।

अपराधमा उन्मुक्ति

एउटा मुटु हल्लाउने हत्याकाण्ड १२ वर्षपछि फेरि चर्चामा आएको छ। त्यतिबेला निर्वाचनका बेला यसबारे लेखिएको भए पनि त्यसपछि त्यो घटना गुमनामजस्तो हुन पुगेको हो। खासगरी राज्य संयन्त्र नै यसलाई दबाउनपट्टि लागेको देखिन्छ। यतिका वर्ष पीडितले खेपेको भुक्तमानको खासै चर्चा भएन। यहाँसम्म कि पत्रकारहरूले समेत यसबारे लेख्ने आँट गरेनन्। कसैले लेख्न खोजे पनि धम्की दिइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्