२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संस्कृति बचाउन अभियान सुरु

रसुवाको सदरमुकाम धुन्चेका तामाङ समुदायले समाजमा रहेका विकृति हटाउन र संस्कृति बचाउनका लागि अभियान सुरु गरेका छन्। परम्परादेखि चल्दै आएका रीतिरिवाजलाई बचाउन र यसमा भएका विकृति हटाउनका लागि अभियान सुरु भएको बताइएको छ।

संस्कृति जोगाउन ज्ञान परीक्षा

हिन्दू स्वयंसेवक संघद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७६ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

पठन संस्कृतिका लागि अभियान

रसुवामा पठन संस्कृति विकासका लागि अभियान सुरु भएको छ। केही अध्ययनशील युवाहरूले यस्तो अभियान सुरु गरेका हुन्।

दि प्याखँको गुठी घर गुठीकै नाममा

परम्परागत किलागःत्वाको दि प्याखँद्वारा व्यक्तिको नाममा दर्ता भइसकेको दि प्याखँको गुठी घर गुठीकै नाममा ल्याएर नवनिर्माण सुरू गर्न सकिएको खुसीयालीमा शनिबार गोरखाको मनकामना मन्दिरमा समयब्व अर्पण गरियो।

सुरु भयो तेस्रो निफ

कलात्मक विधा फिल्मले समाजको विचार र मुद्दालाई जिवन्त बनाइदिएको छ। फिल्म मेकिङमा लागेको ४० वर्षभन्दा बढी भइसक्दा यसको फरक शैलीमाथि अभ्यास गरिरहेको छु। सांस्कृतिक विविधताले भरिएको सुन्दर नेपालमा आएर फिल्म महोत्सवमा सहभागी हुन पाएको छु।

‘महिनावारी’ मनोविज्ञान

४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनूँ भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिनसम्म कोठामा बन्द गरिदिइन् भने दसैं नै धरापमा पर्ने, नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुनुपर्ने

लोकसंस्कृति जोगाउन नाटक

देशभरको लोकसंस्कृति झल्काउन राष्ट्रिय लोकनाटक महोत्सव सुरु भएको छ। आइतबारदेखि सुरु भएको सात दिने महोत्सवमा सातै प्रदेशका नाटक मञ्चन भइरहेका छन्।

बौद्ध कला र संस्कृति समुदायसँग जोड्न आग्रह

समुदायमा बौद्ध शिक्षाको पालना हुनसके मात्रै यसको सार्थकता हुने बौद्ध विद्वानहरुको निष्कर्ष रहेको छ। बौद्ध शिक्षा विज्ञहरूले बौद्ध कला र संस्कृतिलाई समुदायसँग जोडेर लैजान सके मात्र समुदायमा यसको पालना हुनेसमेत औंल्याएका छन्।

महोत्सवमार्फत संस्कृति संरक्षण

महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजासहितको रंग रमाइलो कुराको मात्र याद आउने गर्दछ।

लोक–संस्कृति जोगाउन नाटक

नाटकका माध्यमबाट देशभरको लोक–संस्कृति झल्काउने उद्देश्यसहित सदरमुकाममा राष्ट्रिय लोकनाटक महोत्सव सुरु भएको छ। ७ दिनसम्म चल्ने महोत्सवमा सातै प्रदेशका १–१ प्रतिनिधि नाटक मञ्चन गरिँदैछ।

हराउँंदै भक्तपुरको भजन संस्कृति

कुनैसमय भक्तपुरका सार्वजनीक ठाउँमा साँझबिहान परम्परागत भजन बाचन गर्ने समूह भेटिन्थ्ये। हिजोआज भने यहाँ त्यसरी भजन बाचन गर्न समूह भेटाउने गाह्रो हुन्छ।

हराउँंदै भक्तपुरको भजन संस्कृति

कुनैबेला भक्तपुर नगरका सार्वजनिक पाटीहरुमा साँझबिहान जताततै परम्परागत भजन गाउने टोली भेटिन्थे। तर हिजोआज त्यसरी भजन गाइराहेको देख्न मुश्किल पर्न थालेको छ।

संस्कृति अनेक, भावना एक

टुँडिखेलको पुर्वी कुनामा लुंगी, चोलो, घलेक लगाएकी धनकुटाकी अपेक्षा मगर नौगेडी र शिरबन्दीमा चिटिक्क थिइन्। पश्चिम कुनामा रहेकी बर्दियाकी मनीषा चौधरीचाहिँ मंगौरी, झुम्का र लेहेंगामा सजिएकी थिइन्। माघी र माघे संक्रान्ति मनाउन बुधबार टुँडिखेलमा भेला भएका उनीहरू जब त्रिपाल पार गर्दै एक अर्कासँग भेट गरे तब वातावरण निकै रमाइलो बन्यो।

स्वस्थानी व्रत विधि

स्कन्द पुराणमा उल्लेख भएअनुसार महादेव पत्नी सतीदेवीले बाबुले आफ्ना पतिलाई गरेको गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन्। पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भयो। पार्वतीले सानैदेखि ‘महादेव पति पाऊँ’ भनी कामना गरेको शास्त्रमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्