२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वन कर्मचारी र भ्रष्टाचार

निजामती प्रशासनमा भ्रष्टाचार यसरी व्याप्त छ कि विकास कार्यक्रम, ठेक्कापट्टा, कार्यालय सामान खरिद र मुद्दा फैसला गर्दासमेत अभियुक्तसँग रकम असुल गरेर पनि गढबढ गर्ने गरिन्छ । वनमा काठको प्रजातिअनुसारको दररेट कायम गरी भ्रष्टाचार गर्ने गरिँदै आइएको छ ।

भ्रष्टाचार गरेर चुनावी खर्च जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ: भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले राजनीतिक स्थिरताको जगमा टेकेर समृद्ध नेपाल बनाउन चाहेको बताएका छन्।

सरकारका कारण भ्रष्टाचार र बेथिति बढ्यो: उपेन्द्र यादव

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति बढेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले सरकारको विकल्प खोज्नु पर्ने आवश्यकता रहेको बताएका छन्।

उपन्यायाधिवक्ता घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भ्रष्टाचारीका नाममा

अधिकांश अखबारमा बिहीबार एउटा समाचारले प्रमुख स्थान पायो– 'नेपाल ४५औं भ्रष्ट मुलुक!' यसबाट शासन सञ्चालनमा रहेका नेता, कर्मचारी र अन्य सरोकारवालाको भन्दा देशको बद्नामी हुन पुग्यो। कठै, देशको के दोष! तर दोष देशकै जस्तो हुन पुग्दोरहेछ, जब भ्रष्टाचारीमाथि कारबाही हुँदैन, त्यो नै मुलुकको आमसंस्कृति बन्न जान्छ।

भ्रष्टाचार र मूल्य स्खलन

आज प्रत्येक सचेत नागरिकले भ्रष्टाचारविरुद्ध बोल्ने बेला आएको छ। भ्रष्टाचारीलाई जनताबाट नङ्ग्याउने बेला आएको छ।

नेपाल ४५औं भ्रष्टाचारी मुलुक

विश्वका भ्रष्टाचार गर्ने मुलुकको सूचीमा नेपाल दक्षिण एसियामा तेस्रो र विश्वमा ४५ औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले बुधबार काठमाडौंमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल विश्वको १३१ औं नम्बरमा रहेको छ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक, डेनमार्क र न्युजल्यान्ड, नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्ट मुलुक

-नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकमध्ये तेस्रो स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ औं अंक पाएर १३१ औं स्थानमा रहेको छ। विश्वका १७६ देशमा गरिएको सर्वेक्षणमा नेपाल १३१ औं स्थानमा परेको हो।

भ्रष्टाचारमा लिप्त कर्मचारी

सप्तरी मानराजा गाविसका सचिव विन्दुलाल चौधरी सामाजिक सुरक्षा भत्ताको २२ लाख रुपैयाँ लिएर ४ महिना सम्पर्कविहीन भए। गत जेठमा गाउँलेको 'डेलिगेसन' पछि जिल्ला विकास समितिले चौधरीलाई खोजी गर्न थाल्यो। जिविसको खोजीमा चौधरी फेला परेनन्।

पाइलैपिच्छे भ्रष्टाचारमा उन्मुक्ति

भूकम्पपछि आएका राहत, उद्धार तथा पुनर्स्थापना र पुनर्निर्माण कार्यमा चरम अनियमितता रहेको भेटिएपछि जिल्ला रेडक्रस कार्यालय रहेको दोलखा बजारका स्थानीयले गत असार दोस्रो साता कार्यालयमा तालाबन्दी गरी स्थानीय प्रशासन, रेडक्रस केन्द्रीय कार्यालय र अख्तियारमा उजुर गरे।

निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा

अवैध हतियारदेखि ज्यान मुद्दासम्ममा दोषी देखिएका साहले पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले साहबाट बिगोबराबरको जरिबानासमेत असुल गर्नुपर्ने दाबीसहित मुद्दा हालेको छ।

निलम्बित सांसद साहविरुद्ध भ्रष्टाचार मुद्दा, विगो र जरिवानासहित ६३ करोड असुल गर्न माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर बम काण्डको मुद्दामा थुनामा रहेका निलम्वित सभासद सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भ्रष्टाचार कारबाहीमा ७६ सरकारी अधिकारी कारवाहीमा

सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी रहेका सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले जानकारी गराएको छ ।

भ्रष्टाचारी ठहर फैसला सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने फैसलालाई सदर गरेको छ। सर्वोच्चको पूर्ण इजलासले बिहीबार गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै  २०६८ सालमा भएको फैसलालाई सदर गरेको हो।

भ्रष्टाचारविरुद्ध कुचो लगाउँदा अवरोध : कार्की

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारलाई जरैबाट अन्त्य गर्न खोजेकै कारण आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन्। सर्वोच्च अदालत परिसरमै बिहीबार आफूलाई कालोमोसो दलिएलगत्तै कार्कीले विज्ञप्तिमार्फत भ्रष्टाचारविरुद्ध जहींतहींबाट अभियान सञ्चालन गर्ने जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्