२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भ्रष्टाचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजियाको हत्या

युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम विस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ।

संस्थागत भ्रष्टाचार अन्त्य कहिले ?

संसारको इतिहासमा कैयौँ देशहरू आमूल राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक र राजनीतिक सुधार भएर आधुनिक युगतर्फ नमुनाका रूपमा देखिएका छन् भने केही देश असफल राष्ट्रमा परिणत भएका पनि छन् । तसर्थ व्यवस्था परिवर्तन हुँदैमा जिम्मेवार नेतृत्व राष्ट्रप्रति संवेदनशील हुन नसकेमा देशले दुष्परिणाम भोग्नुपर्ने हुन्छ । उदाहरणका लागि, दक्षिण अफ्रिका सफल राष्ट्रका रूपमा देखिएको छ भने सोमालिया, अफगानिस्तानजस्ता देश व्यवस्था परिवर्तनसँगै असफल राष्ट्रमा परिणत भए ।

भ्रष्टाचारी जोगाउने आदेशविरुद्ध डा. केसीको चेतावनी

स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनसन बस्दै आएका चिकित्सक गोविन्द केसीले पछिल्लो समयमा सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपितलाई बचाउनेगरी फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन् ।

खड्काका बदमासी छताछुल्ल हुँदै, करोडौं असुलेर ट्यांकरलाई अनुमति

नेपाल आयल निमगका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलेखल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

आयल निगमका खड्काको अर्को बदमासी, हवाई इन्धनमा तीन करोड लुट

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो ।

भ्रष्टाचार दिवस र सन्देश

शायदै कममात्र दिन होला नेपालमा कुनै दिवस नपरेको । कुनै दिन त धेरै दिवस जुधेकासमेत हुन्छन् । पक्कै पनि त्यस्ता दिवसले कुनै न कुनै सकारात्मक सन्देश दिने वा महत्वपूर्ण उद्देश्य लिएका हुन्छन् । तर नेपालमा कुनै संकेतका रूपमा वा नाममात्रको दिवस मनाउने त्यसमा पनि उपस्थित ऐक्यबद्धता अति नै न्यून देख्न सकिन्छ ।

भ्रष्टाचार आरोप लागेका साझा अध्यक्ष शर्मा बर्खास्त

काठमाडौं— सरकारी स्वामीत्वको १०५ वर्ष पुरानो साझा प्रकाशनमा अनियमितता तथा बेथिति गरेको आरोप लागेको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा पदमुक्त भएका छन्। शिक्षा मन्त्रालयले आइतबार मन्त्रिस्तरिय बैठकमार्फत शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। ‘आज बसेको मन्त्रिस्तरिय बैठकले शर्माको सदस्यता खारेज गर्दै अध्यक्ष तथा महाप्रबन्धबाट पद मुक्त गर्ने निर्णय गरेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नागरिकन्युजसँग भने।

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

मधेस आन्दोलनको थलोकोरुपमा रहेको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। राजपा नेपालका रामशंकर मिश्र ५ हजार १ सय ८० मत ल्याएर मेयरमा र राजपा नेपालका मुन्चुन देवी ४ हजार ५ सय ६६ मत ल्याएर उपमेयरमा विजयी भएका हुन्।

आयल निगम भ्रष्टाचार सन्दर्भमा

सरकारी ओहोदाका आडमा खड्काले गरेको अपचलन र भ्रष्टाचारको मुद्दा अब कसरी अगाडि बढ्छ ? भ्रष्टाचार भएको विशाल अंकको रकम कलम उनबाट कहिले र कसरी असुलउपर गरिनेछ ? वा पदमुक्तिलाई नै पर्याप्त दण्ड सम्झिएर मुद्दा फासफुस पारिनेछ ? यी प्रश्नको चित्तबुझ्दो उत्तर नआउन्जेलसम्म यो मामिलाको पटाक्षेप हुन सक्दैन ।

निगम जग्गा खरिदमा चरम भ्रष्टाचार : आपूर्तिमन्त्री मण्डल

आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिदमा चरम भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचारमा संलग्न भएकै आरोपमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का हटेपछि पनि जग्गा खरिद प्रकरणमा थप अनुसन्धान भइरहेको मण्डलले बताए । ‘जग्गा खरिद प्रक्रियामा खड्कालगायत अन्यको पनि संलग्नता छ,’ रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले भने, ‘सबैमाथि छानबिन गरेर कारबाही हुन्छ ।’

खड्का बर्खास्त

चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेपछि सरकारले वर्खास्त गर्ने निर्णय गरेको हो।

लाहोरमा भ्रष्टाचारको आरोप लागेका नवाज पत्नी विजयी

पाकिस्तानको लाहोर प्रान्तमा भएको निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसम नवाज विजयी भएकी छिन्।

अन्ततः गोपाल खड्का बर्खास्त

नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ । कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।

अायल निगम प्रमुख खड्काको अर्को झुट

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई समेत गुमराहमा राखेर झूटो बयान दिएको तथ्य फेला परेको छ। व्यवस्थापिका–संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवालीका पिताको भैरहवास्थित जग्गा नकिनेका कारण समाचार लेखेको झूठा बयान दिएर संसदलाई समेत गुमराहमा राख्ने काम गरेका छन्।

कारबाहीबाट बच्न खड्काको चलखेल

भारतको नाकाबन्दीताका इन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे । खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाइल तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्