संसारको इतिहासमा कैयौँ देशहरू आमूल राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक र राजनीतिक सुधार भएर आधुनिक युगतर्फ नमुनाका रूपमा देखिएका छन् भने केही देश असफल राष्ट्रमा परिणत भएका पनि छन् । तसर्थ व्यवस्था परिवर्तन हुँदैमा जिम्मेवार नेतृत्व राष्ट्रप्रति संवेदनशील हुन नसकेमा देशले दुष्परिणाम भोग्नुपर्ने हुन्छ । उदाहरणका लागि, दक्षिण अफ्रिका सफल राष्ट्रका रूपमा देखिएको छ भने सोमालिया, अफगानिस्तानजस्ता देश व्यवस्था परिवर्तनसँगै असफल राष्ट्रमा परिणत भए ।