२० आश्विन २०८१ आइतबार
image/svg+xml

कपिलवस्तुमा निषेधाज्ञा उल्लंघन गर्ने ९९ सवारीसाधन कारबाहीमा

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको उल्लंघन गर्ने कपिलवस्तुका ९९ वटा सवारी साधनलाई कारबाही गरिएको छ।

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।

कपिलवस्तु नगरपालिका बन्द

कोरोना संक्रमित बढेपछि कपिलवस्तु नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ।

इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको चैत ३१ गते सडक दुर्घटनामा मृत्यु भएको छ।

कपिलवस्तु अस्पतालका मेसु बन्जाडेले लगाए पहिलो खोप

कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घनारायण पौडेलले रिबन काटेर अभियानको शुभारम्भ गरे।

कपिलवस्तुमा साढे ६ हजार बढी उद्योग

जिल्लामा गत आर्थिक वर्ष ०७६/७७ सम्म ६ हजार ६ सय ७३ उद्योग दर्ता भएका छन्। केही वर्षयता मुलुकमा सहज वातवारण बनेपछि उद्योगधन्दा खुल्ने क्रम बढेको हो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अनुसार सना उद्योग ६ हजार ४ सय २५, घरेलु उद्योग ३३ तथा लघु उद्योग २ सय १५ दर्ता भएका हुन्।

१३ वर्षसम्म पनि कपिलवस्तु घटना पीडितले न्याय पाएनन्

२०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेको थियो। साेही कारण भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो।

कपिलवस्तु अदालतमा ४४ प्रतिशत मात्र मुद्दा फर्स्योट

कपिलवस्तु अदालतमा ४४ दशमलव ८ प्रतिशत मात्र मुद्दा फर्स्योट भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा देवानी र फौजदारी गरी कुल २ हजार ४९५ मुद्दा परेको थियो । त्यस मध्ये १ हजार ११७ मुद्दा फर्छौट भएको र १ हजार ३७८ मुद्दा फर्छौट गर्न बाँकी छ ।

युएनएफपिएद्वारा कपिलवस्तु अस्पताललाई ३ लाखको स्वास्थ्य सामग्री

कपिलवस्तु अस्पतालालई ३ लाख मूल्यको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । युएनएफपिएले अस्पताललाई आकस्मिक रुपमा प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरेको हो । युनएनएफपीएका जिल्ला संयोजक चित्र महतोले सो सामग्री अस्पतालका मेसु किशोर बन्जाडेलाई हस्तान्तरण गरेका थिए ।

कपिलवस्तु कारागारको सुरक्षाको जिम्मा सेनालाई

कपिलवस्तु कारागारमा सोमबारदेखि नेपाली सेना खटिएका छन् । कार्यालयको बाहय सुरक्षा जिम्मा दिने गरी सेना खटिएका हुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कारागारको सुरक्षाको जिम्मा सेनालाई दिईएको हो ।

कपिलवस्तुमा संक्रमितलाई बिना परीक्षण घर पठाउदा त्रास

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा संक्रमितहरुलाई बिना परीक्षण घर फर्कादा समाजमा भय र त्रासको वातावरण र्सजना भएको छ । बिना परिक्षण संक्रमितहरुलाई छाडिएको निर्णयको जिल्लामा चौतर्फी आवाज उठेको छ ।

२५ घर र गोठ जल्दा एक करोड बढी नोक्सानी

कपिलवस्तुको विजयनगरको वडा नम्बर १ गुगौलीमा शुक्रवार साँझ साढे ४ बजेतिर भीषण आगलागी भएको छ।  आगलागीबाट २५ घरगोठ जलेर नष्ट भएको गैगाली गाउपालिकाका प्रमुख गोपालबहादुर थपाले बताए।

कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दी रिहा

कोरोना भाइरस फैलन सक्ने जाेखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दीलाई रिहा गरिएको छ। कोरोना भाइरस फैलिएपछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरुलाई छाडेको हो।

महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार भएको घटना बाहिर आएको छ। बालकहरुबीच क्रिकेट खेलमा भएको बिवादपछि महाराजगंज नगरपालिका-१ महाराजगंज चोकमा महिलामाथि एसिड प्रहार गरिएको छिमेकीहरु बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्