coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ। प्युठान स्थायी घर भएकी ३१ वर्षीया महिला उपचारका लागि सोमबार प्रादेशिक अस्पताल बुटवल गएकी थिइन्। गर्भवती रहेकी ती महिलाको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।  

बच्चा जन्माउन बुटवल अस्पताल पुगेकी उनलाई चार दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। ३ वर्ष अघि पनि बुटवल अस्पताल मै अप्रेशनबाट छोरा जन्माएकी ती महिलालाई चार दिनसम्म आइसोलेसनमा राखिएको थियो। पेटमा पीडा भएपछि बेड अभावले उनको त्यहाँ उपचार हुन सकेको थिएन। भीम अस्पताल भैरहवामा समेत बेड अभाव थियो। प्रादेशिक अस्पतालका डाक्टरहरुले कपिलवस्तु अस्पतालमा ती महिलाको उपचारका लागि रिफर गरेका थिए। ‘बेड अभावले कोरोना संक्रमित गर्भवती महिलाको उपचार गर्न कपिलवस्तु अस्पताल पठाइएको थियो,’ अस्पतालका मेसु किशोर बन्जाडेले भने, ‘काम चुनौतीपूर्ण थियो, तर सफल भयौ, टीमको प्रयासले हामी सफल भयौु, उनले भने।  

राति नौ बजेर ५७ मिनेटमा महिलाको अप्रेशन गरी ३ किलो २४० ग्रामको बच्चा जन्माइएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए। यसअघि ती महिलाको २ वटा बच्चा खेर गइसकेको थियो। महिला र बच्चालाई अस्पतालमा छुट्टाछुट्टै राखिएको छ। बच्चाको पिसिआर टेस्टका लागि स्वाब पठाइएको छ। आमा र बच्चाको अवस्था ठिक रहेको डाक्टर क्षेत्रीले बताए। कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडे, डा. पुनम लामा, डा. गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेशकुमार महतो, नर्सिङ कर्मचारी रबिना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशालगायतका टोली अप्रेशनमा सहभागी थिए।  

 

प्रकाशित: १७ वैशाख २०७८ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App