२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा संक्रमितलाई बिना परीक्षण घर पठाउदा त्रास

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा संक्रमितहरुलाई बिना परीक्षण घर फर्कादा समाजमा भय र त्रासको वातावरण र्सजना  भएको छ ।  बिना परिक्षण संक्रमितहरुलाई छाडिएको निर्णयको जिल्लामा चौतर्फी आवाज उठेको छ । 

यही नागरिक आवाजको. कदर गर्दै सरकारले जारी गरको नयाँ निर्देशिका अनुसार कोरोना संक्रमित आइसोलेनमा बसे पनि लक्ष्ण नेदेखिएपछि पिसिआर परीक्षण बिना धमाधम संक्रमितलाई घर पठाईने गरिएको बेला कपिलवस्तुका ३ पालिकाले भने पिसिआर परीक्षण बिना घर नपठाउने अडान लिएका छन् । जिल्लाको बुद्धुभुमी, शिवराज नगरपालिका र बिजयनगर गाउँपालिकाले संक्रमितलाई पिसिआर परीक्षण गरी मात्र घर फर्काउने भएका हुन ।

संक्रमितलाइृ बिना परीक्ष्ण घर पठाउदा घर समाजमा भय र त्रासको वातावरण हुने भएकाले उनीहरुको पिसिआर परीक्षण गर्नु पर्ने उनीहरु बताउँछन् । बुद्धुभमी नगरपालिका मेयर केशवकुमार श्रेष्ठले सरकारले जारी गरेको निर्देशिका अनुसार संक्रमितलाई घर जान दिईए समाजमा नकारात्मक असर पर्ने उनले बताए । उनले  रिपोर्ट नेगेटिभ आएर आस्वश्त भएपछि मात्र घर पठाउने बताए । ‘परीक्षण बिना पठाउदा अन्य पालिकामा निक्कै डर र भयको वातावरण बनेको छ,’ उनले भने, ‘यसरी नगरबासीलाई उच्च जोखिममा राख्दैनौं ।’ अन्य पालिकामा परीक्षणै नगरि पठाईएका संक्रमितहरु गाउँघरमा निस्फिक्री हिडिरहेका छन् । यस्ले गाउँमा त्रासको र भयको वातावरण सृजना भएकोछ उनले भने । गाउँलेहरु घरमै लुकेर बस्न बाध्य भएका छन् । यस्तो हेलचत्रलाई गर्नु राम्रो हैन उनले भने ।  

स्वस्थ्य भई बाच्न पाउनु पर्ने अधिकारलाई सबैलाई छ । त्यही भएर हामी धेरै समय लागेपनि राम्रो परीक्षण विधि पिसिआर गराउन लागेका हौ, उनले भने । पछिल्लो पटक सरकारले १४ दिन आइसोलेसनमा बसेका संक्रमित र क्वारेन्टिनमा बसेकालाई थप लक्षण नदेखिए र विरामी नभए परीक्षण नगरि छाड्ने नयाँ निति बनाएको छ । त्यही नीति कार्यान्वन गर्न परिपत्र समेत गरिएको छ । त्यही नीति अनुसार जिल्लाका पाँच पालिकाले १ सय ७२ जनालाई घर पठाएको छ । निर्देशिका जारी हुन पुर्व दोश्रो र तेश्रो परीक्षण गरी ४४ जनालाई निको भई घर फर्काइएको स्वास्थ्य कार्यालयको तथ्यांका छ ।  

नयाँ निर्देशिका अनुसार यहा केही स्थानीय तहले कार्यान्वयन गर्न बाध्य बनेका छन् । तर नीति बनाएपनि आफूहरुले परीक्षण विना नपठाउने मेयर श्रैष्ठले बताए । जेठ २४ देखि सरकारले नयाँ निर्देशिका कार्यान्वयनमा ल्याएको छ । त्यसै अनुसार काम गर्दा कोरोनाका रेड जोनमा रहेका स्थानीय तहका क्वारेन्टिन र आइसोलेसन सेन्टर धमाधम खाली भईरहेका छन् । आधी बढी क्वारेन्टिन रित्तो भएका छन् । आइसोलेसन सेन्टर पनि खाली भएका छन् । ‘हामी आरडिटीमा पनि भर पर्दैनौ,’ उनले भने, ‘एक हजार भिटिएम खरिद गरेका छौं ।’ सरकारले भिटिएम पनि दिन सकेन । खरिद गर्न पर्‍यो । अहिले त्यही प्रयोग गरिरहेका छौं उनले भने ।  

अहिले १० वटा क्वारेन्टिनमा २ सय १६ जना छन् । उनीहरु मध्ये १५ जनाको पिसिआर रिपोर्ट बिहीबार नेगेटिभ आयो । उनीहरुलाई घर पठाइयो । ‘क्वारेन्टिनमा रहेका ३० जनाको स्वाब बिहीबार लिएका छौं,’ स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्बासेले भने, ‘उनीहरुको रिपोर्ट नेगेटिभ आउना साथ घर पठाउछौं ।’ यहाँ २९ जना संक्रमित छन् । जस मध्ये ४ निको भएका छन् । बाँकीलाई गोरुसिंगेस्थित एक होटल भाडामा लिएर बनाइएको ५० बेडको आइसोलेसन सेन्टरमा राखिएको छ ।  

्नगरपालिकामा अहिलेसम्म ५ सय ९६ जनाको स्वाब संकलन गरिएको छ । जसमा ५ सय जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६७ जनाको रिपोर्ट अझै आइपुगेको छैन । शिवराज नगरपालिकाले पनि बिहीबार १ सय ६२ जना क्वारेन्टिनमा छन् । ४९ संक्रमित आइसोलेसनमा छन् । सरकारले नीति बनाए पनि परीक्षणै नगरि कसैलाई पनि नछाड्ने नगर प्रमुख नेत्रराज अधिकारीले बताए । ‘सरकारले यो राम्रो गरेन,’ उनले भने, ‘यसले महामारीको त्रास बढाउछ ।’ त्यही भएर नगरपालिकाले एक हजार भिटिएम खरिद गरेर स्वाब परीक्षण गरिरहेको छ । आइसोलेसनमा रहेका ३७ जना र बाँकी ३८ क्वारेन्टिनमा बसेकाको स्वाब संकलन गरि बिहीबार काठमाडौं पठाएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भटराईले बताए । सबै परीक्षण गरेर नेगेटिभ आएपछि मात्र घर पठाउछौं उनले भने ।  

उता बिजयनगर गाउँपालिकाका प्रमुख गोपालबहादुर थापाले संक्रमितहलाई बिना परीक्षण घर फर्काउदा संक्रमण फैलने जोखिम रहेको बताए । उनले पनि आफ्नो पालिकमा रहेका संक्रमितहरुलाई पिसिआर परीक्षण गरी मात्र घर फर्काउने बताए । बिजयनगरमा अहिले १९ जना सक्रमित आइसोलेसनमा छन् । अन्य पालिकाहरुले लक्षण नदेखिएकालाई धमाधम संक्रमित र क्वारेन्टिनमा बसेकालाई घर पठाईरहेका छन् । नेपालमा सबैभन्दा बढी संक्रमित यहाँ छन् । बिहीबार साँझसम्म ६ सय १६ संक्रमित यहाँ पाइएका छन् । त्यस मध्ये २ सय १६ जना घर फर्काइएका छन् । 

प्रकाशित: ३० जेष्ठ २०७७ १५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App