पार्टीको निर्णयभन्दा बाहिर नहिँड्न महामन्त्रीद्वयलाई कांग्रेसको चेतावनी
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय समितिको आधिकारिक निर्णयभन्दा बाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन्।

