६ वैशाख २०८१ बिहीबार
समाज

कपिलवस्तुमा निषेधाज्ञा उल्लंघन गर्ने ९९ सवारीसाधन कारबाहीमा

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको उल्लंघन गर्ने कपिलवस्तुका ९९ वटा सवारी साधनलाई कारबाही गरिएको छ। संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ। जिल्ला र मातहत समेतले गरी विभिन्न स्थानमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफूखुसी सवारी साधनमा आवत–जावत गर्ने ९९ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।  

९४ वटा मोटरसाईकल, ४ वटा अटोरिक्सा र १ ट्याक्टर गरी ९९ सवारी साधन नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारबाही गरिएको उनले बताए। साथै अनावश्यक हिँड्डुल गर्ने व्यक्तिहरुलाई केही समय होल्ड गरी सम्झाई–बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई घर पठाइएको उनले बताए।  

हाल विश्वकै अवस्था जीवन–मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि केही समय घरभित्रै रहेर साथ र सहयोग गरिदिन पनि उनले अपील गरेका छन्। ‘तपाईंहरु घरमै बस्नुहोस, हामी हजुरहरुको सुरक्षामा २४ घण्टा बाहिरै छौं,’ उनले भने।

प्रकाशित: २३ वैशाख २०७८ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App