२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

एसिड प्रहारबाट घाइते भएकी कपिलवस्तुको महाराजगंज नगरपालिका– १ की बेदमति गुप्ता ।

कपिलवस्तु- श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार भएको घटना बाहिर आएको छ। बालकहरुबीच क्रिकेट खेलमा भएको बिवादपछि महाराजगंज नगरपालिका-१ महाराजगंज चोकमा महिलामाथि एसिड प्रहार गरिएको छिमेकीहरु बताउँछन्।

गत शुक्रबार ४ बजेतिर भएको घटना आइतबार बिहान मात्र बाहिर आएको हो। छिमेकी हरी नारायण बरईले स्थानीय ५१ वर्षिया बेदमतीदेवी गुप्तामाथि एक्साईड ब्याट्रीको एसिड प्रहार गरेको ईलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ। उनको गाला, चिउडो, नाईटोको भाग एसिडले जलेको स्थानीय नरसिह कहारले बताए। कहारका अनुसार शुक्रबार दिउँसो घाइते गुप्ताको नाति र र एसिड प्रहार गर्ने छिमेकीका छोराबीच गाउँमै रहेको क्रिकेट मैदानमा खैल्ने क्रममा बिवाद भएको थियो। दुईबीच भएको झगडा घरसम्म पुगको थियो।

शुक्रबार साँझ बालकहरुबीच भएको झगडाको विषयमा घाइते गुप्ता र बरईबीच भनाभन र बिवाद भएको थियो। त्यहीं  बिवादकाबीच गूप्ताले आफनो नातिलाई पिटेको भन्दै क्रिकेट ब्याट भाचिन्। भाचिएको ब्याटको पैसा तिुर्नपर्ने भन्दै बरई र गुप्ताबीच चर्काचर्की र बिवाद भयो। आक्रोसित बरईले आफ्नो ब्याट्री पसलमा रहेको एक्साईड ब्याट्रीको एसिड गुप्तामाथि हाने।

बरईको महाराजगंजमा ब्याट्री चार्ज गर्ने पसल छ। एसिड आक्रमणपछि घाइते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारका लागी पठाइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि युनिर्भसल मेडिकल कलेज अस्पताल भैरहवामा लगियो। घाइते गुप्ताको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। घाइते गुप्ता सामान्यरुपमा बोल्ने गरेको उनले बताए।

प्रहरीले बरईको पसलबाट ५ लिटर एसिडसमेत बरामद गरेको छ। एसिड प्रहार गर्ने बरई प्रहरी नियन्त्रणमा छन्। उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाइने प्रहरी निरीक्षक खरेलले बताए।

 

प्रकाशित: २५ फाल्गुन २०७६ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App