७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

२५ घर र गोठ जल्दा एक करोड बढी नोक्सानी

कपिलवस्तु  - कपिलवस्तुको विजयनगरको वडा नम्बर १ गुगौलीमा शुक्रवार साँझ साढे ४ बजेतिर भीषण आगलागी भएको छ।  आगलागीबाट २५ घरगोठ जलेर नष्ट भएको गैगाली गाउपालिकाका प्रमुख गोपालबहादुर थपाले बताए।

 स्थानीय काशीराम यादवको घरबाट आगो फैलिएको थियो। आगलागीबाट २५ घर त्यससंगै रहेको गोठ समेत जलेको थापाले बताए। १७ फुस  ८ पक्की घरमा आगलागी भएको हो।  पश्चिमेली हावाले तीब्ररुपमा आगो फैलिएको थियो। आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको थापाले बताए।

 आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए। आगो किन र कसरी लागेको अझै खुल्न नसकेको प्रहरी निरिक्षक नेपालले बताए।

क्षतिको थप विवरण संकलन भैरहेको उनले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको संयुक्त  प्रयासले दुई घन्टा पछि आगलागी नियन्त्रण्मा आएको छ। गापािलका प्रमुख थापाले आगलागी पीडीत परिवारलाई तत्कालै राहत बितरण गरिने बताए।

प्रकाशित: २१ चैत्र २०७६ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App