१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प्रतिबद्धता’ दोहोर्‍याएको हो।

सुडानमा रहेका नेपाली नागरिकको उद्धार प्रयास जारी

नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ। विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन्।

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ।आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो।

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।

कर्णाली सरकारमा सहभागी नगराइएकोप्रति अध्यक्ष नेपालको असन्तुष्टी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असन्तुष्टी जनाएका छन्। अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताउँदै माओवादीको अहिलेको व्यवहारको भत्र्सना गरे।

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छ– अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताएका छन्।

महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिन महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो।

पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।

कांग्रेस २० वर्ष चुनाव हार्न तयार छ?

अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले कांग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको छ।

नेपाली मनमनमा क्रिकेट

अब एसियन कपमा गुल्सन झाले भारतका कुलदीप यादवको बलमा छक्का हानेको र सोही खेलमा विराट कोहोलीलाई आउट गरेको हेर्ने मन छ,’ सामाजिक सञ्जालमा मिलन रायमाझी लेख्छन्, ‘अनि अर्को खेलमा सन्दीप लामिछानेले पाकिस्तानी खेलाडी बाबर आजमको विकेट लिएपछि नेपाली दर्शकतिर फर्केर चिच्याएको हेर्ने रहर छ।

बाँदर ब्यापारमा पैसैपैसा

नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।

नेपालको एसिया कप सपना साकार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार आयोजित एसिसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ७ विकेटको सहज जितसहित एसिया कपमा पुग्ने सपना साकार पारेको हो।

गरिबीको आत्मकथा

कतिसम्म देखियो भने क्यान्सर रोगीका लागि अपरेसन गर्नुपर्दा राज्यले उपलब्ध गराएको एक लाख उपचार सहयोग रकम पनि गाउँबाट कागजपत्र जुटाउने बहानामा बिचौलिया र अस्पताल मिलेर १० हजारसम्म लिएको पाइयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्