२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वैशाख २४ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइन। 

त्यस्तै सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई जनही ३ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै कीर्तिपुरको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने भन्ने निर्णय पनि गरिएको उनले जानकारी दिइन। 

मन्त्रिपरिषद्को बुधवारको बैठकले कोशिटप्पु वन्यजन्तु आरक्षण स्थापना गर्दा बिस्थापितहरुको सम्बन्धमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनःगठन गरी ३ महिना म्याद थप गर्ने पनि निर्णय गरेको छ। 

प्रकाशित: २० वैशाख २०८० १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App