‘द होलोकस्ट’को सम्झना
द्वितिय विश्वयुद्धको अवधिमा ६० लाखभन्दा बढी यहुदी(जेविस)हरूको नरसंहार भएको स्मृतिमा नेपालस्थित इजरायल दुतावासले बिहीबार काठमाडौं विश्वविद्यालय(केयू)मा वृत्तचित्र र फ्लायरहरूको प्रदर्शनी गरेको छ। कार्यक्रममा इजरायलस्थित द वल्र्ड होलोकस्ट रिमेम्बरेन्स सेन्टरले तयार पारेको ‘द डेभेलपमेन्ट अफ फाइनल सोलुसन’ नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।