गोलीसँगै लडिरहेथ्यो कलंकी
वैशाख ७ । हरेक वर्ष क्यालेन्डरमा यो मिति देख्नासाथ म लोकतन्त्रका निम्ति नेपाली जनताले लडेको लडाइँ सम्झिन थाल्छु। साक्षी किनारामा उभिएर एक एक रेकर्ड राखेका ती दिन स्मृतिमा आउन थाल्छ। मनभरि कोलाहल, भागाभाग, गोली र टियर ग्याँस, जोस र जुलुस, नारा घन्किन थाल्छ।