१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुलजार हुँदै घर्तीगाउँ

रोल्पाको घर्तीगाउँ पुग्दा म विगत दिनमा फर्किएँ। स्मृतिमा पुराना दिनका चलचित्र चले। यो त्यही गाउँ थियो, जहाँ रहेको इलाका प्रहरी कार्यालयमा २०५६ साल फागुन ९ गते माओवादी आक्रमणका कारण १५ जना प्रहरीको निधन भएको थियो। 

१५ वर्षअघि म त्यहाँ पुगेको थिएँ। धेरै कुरा ‘फ्ल्या ब्याक’ भए। अहिले फेरि त्यहाँ पुग्दा केही नाम सम्झनामा आए। यो अवधिमा तिनको जीवन भोगाइमा के परिवर्तन भएछ, जान्न उत्सुक भएँ। त्यो बेला भेटेकामध्ये दुुई पात्र सम्झिएँ – तिर्पना घर्ती विजय घर्ती। 

तिर्पना घर्ती तिनै द्वन्द्वपीडित महिला थिइन्। उनको श्रीमानलाई माओवादीले बेपत्ता बनाएका थिए। हुुलाक कार्यालयमा काम गर्ने उनलाई माओवादीले सुराकीको आरोप लगाएको थियो। २०५९ कात्तिक १८ गते उनका ४२ बर्से पति तिरजन घर्ती माओवादी अपहरणमा परेका थिए। १५ वर्षअघि म पुग्दा पतिवियोगको पीडामा रहेकी तिर्पनाले बलिन्द्र आँसु खसाल्दै भनेकी थिइन्, ‘मेरा श्रीमानको कि सास देखाइयोस् कि लास।’

त्यो बखतको बसाइमा ‘युवा, क्रान्तिकारी, जोसिला, पार्टीको निर्णय शिरोपर’ गर्ने विजय घर्ती १५ वर्षमा निकै फेरिएका पाइए। त्यो बेला छरितो जीउडालका उनी अहिले उमेरसंगै मोटएका थिए भने अनुुहारमा कान्तिहीन र निराशा देखिन्थ्यो ।

तर यतिका वर्ष बितिसक्दा पनि उनको श्रीमान् बेपत्ता नै रहेछन्। उनको स्थिति कस्तो छ, अहिलेसम्म थाहा छैन। तर, तिर्पनाको जीवन भने फेरिएछ। 

यसपटक घर्तीगाउँ बसाइमा उनीसंग प्रत्यक्ष भेट हुन सकेन। नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीका अनुसार, तिर्पना कांग्रेसकी सक्रिय कार्यकर्ता भएकी छन्। स्थानीय तहको निर्वाचनमा वडाबाट जनप्रतिनिधिमा प्रत्यासी पनि थिइन् उनी। द्वन्द्व पीडितले पाउने राहत सहयोग पाएकी उनी घर्तीगाउँ बजारमै बस्दिरहिछन्। 

खोज्दै जाँदा विजय घर्तीचाहिँ भेटिए। उनी तत्कालीन माओवादीका स्थानीय नेता थिए। अहिले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता। १५ वर्षअघि म एक जना अमेरिकी प्रोफेसर डा.थोमस मार्कस्कोे भाषा अनुुवादक भएर घर्तीगाउँ पुुग्दा उनीसँग भेट भएको थियो। मार्कस् थवाङ नै जान चाहन्थे तर तिनै विजयले हामीलाई घर्तीगाउँबाट अघि बढ्ने ‘अनुुमति‘ दिएका थिएनन् । 

त्यो बखतको बसाइमा ‘युवा, क्रान्तिकारी, जोसिला, पार्टीको निर्णय शिरोपर’ गर्ने विजय घर्ती १५ वर्षमा निकै फेरिएका पाइए। त्यो बेला छरितो जीउडालका उनी अहिले उमेरसँगै मोटएका थिए भने अनुुहारमा कान्तिहीन र निराशा देखिन्थ्यो। पुरानो भेट स्मरण गराएपछि उनले ‘भेटेको हुनसक्ने’ त बताए तर मैले झैं कुराकानी सम्झिएनन्। 

उनी त्यो बेला विद्रोही माओवादीका पक्का कार्यकर्ता थिए, जो बन्दुकको नालबाटै राज्यसत्ता कब्जा हुन्छ भन्नेमा पूर्णत विश्वास गर्थे। 

‘एउटा विन्दुमा पुुगेपछि वार्ताबाटै निकास ननिकाली सुुखै छैन’, मैले उनलाई त्यो बेलै भनेको थिए, ‘राजनीति सत्ता र शक्तिको खेल हो । तपाईहरु धेरै भ्रममा नबस्नुुस् ।’ 

तर उनी कुनै पनि हालतमा ‘जनवादी सत्ता’ स्थापनाको रोमाञ्चकताबाट बाहिर निस्कनै चाहँदैनथे।

अहिलेको भेटमा उनले भने, ‘हामीले पार्टीको नीति, निर्देशन र प्रशिक्षणबाट बाहिर गएर बोल्नै मिल्दैनथ्यो। त्यसैले त्यो बखत तपाईसँग जसरी प्रस्तुुत भएँ, त्यसैगरी हुनैपथ्र्यो।’

त्यसोभए अहिले माओवादीको जे जस्तो रुपान्तरण भयो, त्यसबाट खुसी नै छन् त ?

उनले बेखुस छुु भनेनन् तर नेतृत्वको काम गर्ने शैलीप्रति असन्तुुष्टि जनाए। असन्तुुष्ट भएर विप्लव समूहले जस्तो फेरि विद्रोह गर्ने उनी सम्भव देख्दैनन् तर यही प्रणालीभित्र काम कार्वाहीका दौरान हुने कमी कमजोरी सच्याउँदै जानुुपर्छ भन्छन्। उनको सबैभन्दा ठूलो चिन्ता, रोल्पाका गाउँहरुमा आएको बजेटको सदुुपयोग हुन नसकेको देखियो। 

‘हाम्रो जे सोच थियो, त्यसअनुसारको विकास र परिवर्तन भएको छैन। मानिसका जीवनमा परिवर्तन आएको छैन। समाज उत्पादनमुखी छैन। सरकार जनमुुखी हुन सकेको देख्दिनँ’, उनी भन्छन्,  ‘अब यही प्रणालीभित्र बसेर कमी कमजोरी सुुधारेर बढ्नुपर्छ।’ 

कमी–कमजोरी, असन्तुुष्टिका भाव रोल्पाका गाउँमा थुुप्रै सुुनिन्छ तर सँगसँगै राज्यको मुुलधारबाट एक्लिएको यो ठाउँ परिवर्तनउन्मुख हुँदै गरेको पनि प्रस्ट देखिन्छ। द्वन्द्वोत्तर रोल्पामा भएको परिवर्तन घर्तीगाउँ पुुग्दा अझ बढी महसुस हुन्छ। 

सदरमुकाम लिवाङ व्यापार घटेकोमा चिन्तित छ भने घर्तीगाउँ बढ्दो चहलपहलले उत्साहित देखिन्छ। घर्तीगाउँ भौगोलिक हिसाबले पनि महत्वपूर्ण ठाउँमा छ। धेरै रोल्पालीलाई होलेरी हुदै घोराही झर्न वा लिवाङ ओर्लन घर्तीगाउँ हुदै जानुुपर्छ। झन् अहिले घर्तीगाउँमा नापी, मालपोत, वनलगायत इलाकास्तरीय कार्यालय स्थापना भएका छन्। त्यस्तै नेपाल बैंक, ग्लोबल बैंक, आइएमइ जस्ता वित्तीय संस्थाहरु घर्तीगाउँ पुुगेका छन्। 

‘अदालतबाहेक, जनताले अरु प्रसासनिक सेवा लिन सदरमुुकाम पुुग्नुनपर्ने भएको छ’, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्ती भन्छन्, ‘जनताले प्रसासनिक सेवा यहीबाट पाउने भएपछि यहाको व्यापार, व्यवसाय सँगै चहलपहल बढेको हो।’ 

विगतमा रोल्पालीले नागरिकता बनाउन लिवाङ पुुग्नै पथ्र्यो। त्यसका लागि केही दिन बस्नैपर्ने अवस्था थियो। ‘नागरिकता बनाउन जाँदा मात्रै कम्तीमा एक जनाले अन्दाजी १० हजार खर्चिनुपथ्र्यो। अहिले बिहान बस चढेर घर्तीगाउँ आयो, नागरिकता बनायो अनि बेलुका घरै फक्र्यो । हजार/पन्ध्र सयले काम सकिन्छ’, उनी चहलपहल बढ्नुुको कारणलाई अझ प्रस्ट्याउँछन्। 

यातायातको सुविधा पनि घर्ती गाउँमा धेरै छ। काठमाडौं, दाङ, लिवाङ वा रोल्पाका अरु गाउँ जस्तो, तालाबाङ, थवाङ, पूर्वीरुकुम आदि ठाउँमा यहीबाट बस चढ्न पाइन्छ।  

सहिद मार्ग यसै बजार हुँदै जाने भएकाले यो ठाउँ अहिले रोल्पाको केन्द्र जत्तिकै भएको छ। माडी गाउँपालिका कार्यालय पनि घर्तीगाउँमै छ। गाउँपालिकाका अध्यक्ष नन्दबहादुर बाटोघाटोलगायत पूर्वाधारमा केन्द्रित भएर विकास निर्माण अघि बढेको बताउँछन्। कुनै बखत माओवादी लडाकुका बटालियन कमिसार रहेका पुन तत्काल प्रतिफल आउने विकास गर्न नसकिएको तर पूर्वाधार विकासमा केन्द्रित भएको बताउँछन्। 

पूर्वाधारबाहेक उत्पादनमुखी काम गर्न नसकेको, वैदेशिक रोजगारमै धेरै परिवार आश्रित रहेको, कृषि प्रणाली निर्वाहमुखी मात्रै भएको, व्यावसायिक बनाउन नसकेको, जीवनस्तर उकास्न स्थानीय सरकारले काम गर्न नसकेको यी गुनसा अन्य गाउँजस्तै घर्तीगाउँमा पनि प्रशस्त सुनिन्छ। 

व्यवसाय गर्नेहरु अहिले उत्साहित देखिन्छन्। ‘केही त्रास छ भने त्यो विप्लव माओवादीले उठाउने चन्दाका कारण’, गाउँपालिका अध्यक्ष पुन भन्छन्, ‘शिक्षक, स्थानीय निकायका जनप्रतिनिधि, कर्मचारीहरु, व्यापारीहरु चन्दाको मारमा छन्।’

द्वन्द्वकाल र द्वन्द्वोत्तर अवस्थाको तुुलना गर्दा घर्तीगाउँ सहराेन्मुख हुँदै गएको प्रस्ट देखिन्छ। पहिलोपटक आउँदा कच्ची घरमा होटल थियो। अहिले एटेच्ड बाथरुमसहितका होटल खुुलेका छन्। गत साल मात्रै २८ वटा पक्की घर बने। जनसंख्या बढेको छ। जग्गा किन्न नसकिने गरी महँगिदँदै गएको छ। मिटरको तीन लाख भन्न थालिसके। यी सबैले अवस्था राम्रो हुदै आएको संकेत गर्छ। 

व्यवसाय गर्नेहरु अहिले उत्साहित देखिन्छन्। ‘केही त्रास छ भने त्यो विप्लव माओवादीले उठाउने चन्दाका कारण’, गाउँपालिका अध्यक्ष पुन भन्छन्, ‘शिक्षक, स्थानीय निकायका जनप्रतिनिधि, कर्मचारीहरु, व्यापारीहरु चन्दाको मारमा छन्।’

चन्दा आतंक भए पनि द्वन्द्वकालजस्तो राजनीतिक निषेध छैन, घर्तीगाउँमा। नेपाली कांग्रेसका गोपाल घर्ती कुनै बखत अपहरणमा परेका थिए। द्वन्द्वपीडित थिए। लिवाङमा विस्थापित भए। ०५७ सालमा उनलाई माओवादीले २६ दिन अपहरण गर्यो। एक लाख ७७ हजार तिरेर मुक्त भए। ०५४ को स्थानीय निर्वाचनमा घर्तीगाउँका निर्वाचित यी अध्यक्ष शान्तिकालमा गाउँ फर्किएका छन्। भन्छन्, ‘अहिले राजनीतिक हिसाबले निश्चिन्त हुने अवस्था छ। जीउधनको सुरक्षा छ। हिजो हामीले भोगेको पीडा भन्यो भने मानिसले पत्याउँदैनन्।’

पूर्वएमाले र हाल नेकपा स्थानीय नेता प्रेम घर्ती मगर पनि राजनीतिक अवस्था बदलिएकोमा हर्षित छन्। तर द्वन्द्वका कारण विकासको प्रक्रिया ढिलो आएकोमा दुखी पनि छन्। 

‘विकास त द्वन्द्वका कारण अझ पछाडि पर्यो। हिजो अवरोध हुँदैनथ्यो भने अहिले भएको भौतिक पूर्वाधारको परिवर्तन १० वर्षअघि हुन्थ्यो’, उनी भन्छन्,  ‘०५४ तिर म १० कक्षा पढ्दा यहाँ टेलिफोन सेवा ‘पिसिओ’ आइसकेको थियो। तर त्यो बेला रिपिटर टावरहरु ध्वस्त पारिए। ०५६ सालतिरै सर्भे गर्न आएको प्राविधिको सामान जफत भयो। उतिबेला नै नुवागाउँसम्म आइपुुगेको बाटो अहिले भर्खर बन्दै छ।’ 

विकासको गति अलि छिटो भए पनि यसको सदुुपयोग मुख्य मुद्दा भएको बताउँदै उनी भन्छन्,  ‘व्यवस्था परिवर्तनले समस्या समाधान नहुँदो रहेछ। व्यवस्था सञ्चालन गर्नेहरुको चरित्र फेरिनुुपर्छ। पात्र फेरिए पनि चरित्रमा सुधार आवश्यक छ।’

 

रोल्पा कोलाज शृंखलाका अघिल्ला अंक :

शृंखला १ः त्यो लिवाङ, यो लिवाङ

शृंखला २ः मझधारमा थवाङ

शृंखला ३ः चुनवाङको चिन्ता

प्रकाशित: २२ चैत्र २०७५ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App