रोल्पा कोलाज–३

चुनवाङको चिन्ता

बिहिबार, २१ चैत २०७५, १० : ४८ राजाराम गौतम

६ चैत, २०७५। बाघमारा, इरिवाङमा विहानैदेखि होली पर्व सुुरु भइसकेको छ। किशोर–किशोरी, युवा–युुवती एकअर्कालाई रंग दलेर पर्वमा मग्न हुँदैछन्। म लिवाङ, थवाङ हुँदै इरिवाङ आइपुुगेको छुु। 

इरिवाङ नेत्रविक्रम चन्द (विप्लव) जन्मेको गाउँ। कपिलवस्तुतिर बसाई सरिसकेका विप्लव यतिबेला भूमिगत छन्। उनकै गाउँमा उनको चर्चा, गतिविधि खासै छैन। ‘बाघमारा बजारबाट एकाध घण्टामै पुगिन्छ उनको घर’, शान्ति होटलकी भ्यूूसरा पुन भन्छिन्। 

त्यो दिन मेरो लक्ष्य विप्लवको गाउँ घुम्ने थिएन। बरू बाघमाराबाट एक डेढ घण्टामै पुुगिने चुनवाङ रोजाईमा थियो। दश वर्षे माओवादी ‘जनयुद्ध’को उत्तराद्र्धतिर माओवादीले गरेको एउटा बैठकका कारण यो गाउँले चर्चा कमाएको थियो। त्यसैले पूूर्वी रुकुमको भूमे गाउँपालिका अन्तर्गत पर्ने चुनवाङतिरै मेरा पाइला सोझिए। 

२०६२ असोज–कात्र्तिकमा चुनवाङमा बसेको तत्कालीन नेकपा माओवादीको केन्द्रीय समिति बैठक सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गर्ने महत्त्वपूर्ण घुम्ती थियो। त्यही बैठकबाट माओवादीले मुुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न संसदीय राजनीतिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेका थिए। त्यसैको जगमा संसदीय राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भएको थियो। 

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर संसदीय दलहरूलाई एक्ल्याएको परिवेशमा यी दुुई राजनीतिक शक्ति एक ठाउँमा उभिएका थिए। जसको बलमा २०६२/२०६३ मा जनआन्दोलन भयो। त्यही जनआन्दोलनको जगमा माओवादी शान्ति प्रक्रियामा आए।

 

दोस्रो पटक भएको संविधानसभाबाट संविधान लेखियो। मुलुुकमा विभिन्न क्षेत्र, समुुदायका मानिसहरू थप अधिकारका लागि आन्दोलित भए र अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा मुुलुक प्रवेश गर्यो। नयाँ राजनीतिक परिवेश निर्माण हुनुुमा एउटा प्रस्थान बिन्दुु चुनवाङ बैठक थियो। 

चुनवाङ बैठकस्थल डाँडोमा छ, जहाँ उक्लिन झण्डै आधा घण्टा लाग्छ। उकालोमा सिमेन्टका सिँढीहरू बनाइएका छन्। बैठकस्थललाई पर्खालले घेरेर संरक्षण गरिएको छ। जहाँ दुुईवटा घर छन्। एउटा अध्यक्ष पुुष्पकमल दाहाल बसेको र अर्को बैठक गरिएको।

माओवादीको राजनीतिक अवतरणका दृष्टिले ऐतिहासिक बन्न पुुगेको चुुनवाङ ६ चैत्र बिहान १० बजेतिर पुुग्दा सुुनसान थियो। 

इरिवाङ, पाछावाङ हुँदैअघि बढ्दा चुनवाङ पुुगिन्छ। चुनवाङ गरीगाउँसम्म बस सेवा सञ्चालित छ। गैरीगाउबाट चुनवाङको बैठकस्थल पैदल पुुग्न थप एक घण्टा लाग्छ। 

चुनवाङ बैठकस्थल डाँडोमा छ, जहाँ उक्लिन झण्डै आधा घण्टा लाग्छ। उकालोमा सिमेन्टका सिँढीहरू बनाइएका छन्। बैठकस्थललाई पर्खालले घेरेर संरक्षण गरिएको छ। जहाँ दुुईवटा घर छन्। एउटा अध्यक्ष पुुष्पकमल दाहाल बसेको र अर्को बैठक गरिएको। 

बैठक गरिएको घरचाहिँ केही जीर्ण छ। त्यो नभत्कियोस् भनेर टिनले बाहिरबाट ढाकिएको छ। अर्को घर भित्र जनयुद्धमा प्रयोग भएजस्ता केही नक्कली हतियारहरू राखिएका छन्, प्रदर्शनका लागि। अरू कोठाहरू रित्तै छन्। 

पुस ९, २०७३ मा दाहालले यसैलाई युद्ध संग्राहलय घोषणा गर्दै उद्घाटन गरेका थिए। प्रधानमन्त्री भएकै बेला उनी हेलिकप्टरबाट चुुनवाङ ओर्लेका थिए। चुुनवाङदेखि म्याग्दीको बेनीसम्म गुुरिल्ला टे«लको उद्घाटन पनि त्यसै दिन गरेका थिए। 

एक्का ओली

बैठकस्थल वरिपरि सानो गाउँ नै छ, जहाँ ६/७ वटा घर छन्। ती घरमा महिला, केटाकेटी र वृद्ध मात्रै देखिन्छन्। संग्राहलयसँगै जोडिएको घरमा एक्लै बस्छन्, एक्का ओली। जो संग्राहलयका कुरुवा जस्तै भएका छन्। ‘नयाँ मान्छेले संग्राहलयबारे सोध्ने मलाई नै हो’, उनी जानकारी दिन लालायित हुन्छन्। 

६८ वर्षका यी वृद्ध शारीरिक रूपले अशक्त रहेछन्। बाख्रा चराउँदा भीडबाट लडेर अशक्त भएका उनी अप्ठ्यारो गरी हिँड्दै संग्राहलय परिसरमै आइपुुगे। 

‘रामुु ओलीको जग्गा तेजवीर ओलीले किने र त्यो गञ्जे ओलीलाई बेचे। गञ्जे ओलीबाट माओवादीले दश लाखमा किनेको हो, यो घरजग्गा’, उनले युुद्ध संग्राहलयको सम्पत्तिको पृष्ठभूमि बताए।

संग्राहलय अझै पूर्णरूपमा नबनिसकेको, त्यहाँ शहीदका फोटा, अरू पनि युद्धमा प्रयोग भएका सरसामान राख्न बाँकी भएको उनैबाट थाहा भयो। उकालोमा बनाइएका सिँढीहरू पनि अझै पूरा नभइसकेको पनि उनैले भनिभ्याए। 

खासमा उनको परिवारै नै माओवादी पार्टीमा लागेको रहेछ। कान्छो छोरो कमानसिंह र कान्छी बुुहारी दुुवै माओवादी छापामार भएका रहेछन्। ‘कान्छी बुुहारीको साप्रामा गोली लागेको थियो’, उनी भन्छन्, ‘छोरा चाहिँ अहिले वैदेशिक रोजगारमा मलेसिया गएको छ।’

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङका एक्का ओलीको परिवार भने जहीको त्यहीँ छ। जिविकाको लागि छोरो परदेशिनु परेको छ। 

जीवनमा कुनै तात्विक अन्तर नआएको देखेर उनी बेलाबखत चिन्तित हुन्छन्। उनले अध्यक्ष दाहाललाई दुुई चोटी देखे। एकपटक बैठक गर्दा, अर्को चोटी युुद्ध संग्राहलय उद्घाटन गर्न आउँदा। 

दुुवै पटक भावुुक भएर प्रचण्डले जनताको गाँस, बास र उन्नतिको कुरा गरेको उनी सम्झिन्छन्। ‘माओवादीहरू जंगलको धुलामा बसे, रगतको कुलामा बसे। शान्तिवार्ता भयो, मानिसहरू खुसी भए तर गरिब जनता खुसी हुन सकेनन्’, उनी भन्छन्, ‘दाहाले जे भनेका थिए, जनताले त्यो पाएका छैनन्। असन्तुुष्टि छ।’

लालबहादुर खड्का

उनी जस्तै अशक्त वृद्ध लालबहादुर खड्काले पनि गुनासो गर्न भ्याए। उनी त झन् माओवादी लडाकूको भान्से भएर दश वर्ष सँगै हिँडेका रहेछन्। रुकुुम महतका उनी केही वर्षयता चुनवाङ बसोबास गर्छन्। 

‘त्यो बखत माओवादीसँग एकघर एकजना जानै पथ्र्यो, त्यसैले गइयो। मलाई जनसरकारको वडा सदस्य पनि बनाएका थिए’, पुरानो र मैलो कब्याट ड्रेस लगाएका यी अशक्तले गुनासो गरे, ‘तर अहिले कतै गणनामै छैनौं।’

गाउँमा मानिसहरूको कुरा सुनिदिनुपर्छ, गुुनासोका चाङ भेटिन्छन्। बैठकस्थलबाट केही तल बाटैमा भेटिएकी चेम्पादेवी डिसीले चाहिँ बैठकका बेला भोग्नुपरेको सास्ती सम्झिइन्। ‘घरबाट बाहिर निस्कनै नपाइने अवस्था थियो, त्यो’, उनले सम्झिन्, ‘पूरै गाउँ माओवादीको कब्जामा थियो।’

बैठकस्थल वरपरका घरहरू सबै माओवादीले आफ्ना नेता कार्यकर्ता राख्न प्रयोग गरेका थिए। त्यहाँ जाने सबै गौडामा सेन्ट्री राखिएको थियो। केही सेन्ट्री पोस्टका भग्नावशेष अहिले पनि देख्न सकिन्छ। 

एक्का ओलीले त एक महिना घर नै छोड्नुु पर्यो। तर उनकी जेठी बुहारीले भने माओवादी बसे पनि आफ्नो घर छोडिनन्। भन्छन्, ‘म त एक महिना बाख्रा राख्ने बर्खे गोठमा बसेँ।’

ओली हिजो आफूले गरेको सहयोग र संघर्ष सम्झेर दिक्दार हुन्छन्। र, प्रश्न गर्छन्, ‘हामीले यत्रो त्याग गरे पनि हामी त जहीँका त्यहीँ भयौं। के फरक भयो र?’

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङका एक्का ओलीको परिवार भने जहीको त्यहीँ छ। जीविकाको लागि छोरो परदेशिनु परेको छ। 

भूूमे गाउँपालिका वडा नम्बर ९(चुनवाङ) का वडाध्यक्ष प्रवेश पुन मगर हिजो र आजमा धेरै फरक भएको दाबी गर्छन्। 

‘तुलना गर्दा के थियो र के पायौं भन्ने वस्तुगत हुनुपर्छ’, उनले भने, ‘हिजो नुन लिन कैयौं दिन हिँडेर घोराही पुग्नुपथ्र्र्यो। अहिले दैलोमै बस सेवा छ। ठूलो बाढी आएका दिनबाहेक नियमित बस सेवा सञ्चालनमा छ।’

२०७३ देखि चुनवाङको गैरिगाउँसम्म बस सेवा सुरु भएको छ। यो एउटा देखिने उपलब्धीबाहेक चुनावाङी जनताले महसुस गर्ने विकास अझै भइसकेको छैन। विगतभन्दा बजेट धेरै आएको छ। साविकको गाविस हुँदा १८/२० लाख बजेट आउथ्यो अहिले एउटै वडामा एक डेढ करोड बजेट आउने गरेको वडाध्यक्ष मगर आफैँ स्वीकार्छन्। 

‘निश्चय पनि हामीले जनताको जीवनस्तर उकास्ने काम गर्न सकेका छैनौं तर यसको अर्थ केही नभएको होइन’, उनी भन्छन्, ‘विद्यालय व्यवस्थापन सुधार्न, सदरमुकाम बाटो जोड्न, बिजुुली, पानीको बन्दोबस्त गर्न हामी लागिपरेका छौं। ठेकेदारले काम ढिलो गर्दा केही निरासा छ। अब हामी सिधा जनताको जीवनमा परिवर्तन हुने योजना ल्याउछौँ।’

के वडाध्यक्षले भनेजस्तै माओवादीको राजनीतिक कोर्स नै बदल्ने चुनवाङले विकासको गति पक्रेला?

यो पनि पढ्नुहोस्

त्यो लिवाङ, यो लिवाङ

मझधारमा थवाङ





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad