२ पुस २०८१ मंगलबार
image/svg+xml

दशगाजामै भारतद्वारा २५ फिट अग्लो बाँध, डुब्याे गाैर

भारतीय पक्षले दशगजामै कृतिम तरिकाले बाँध बनाएपछि सदरमुकाम गौर डुबानमा परेकोे छ। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो तटबन्ध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेकोे हो। गौर सदरमुकाममा करिव एक तला डुब्ने गरी बाढी पसेको छ।

भारतले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द

रौतहटमा दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्। कटहरिया स्थित लाल बकैया र गढीमाईको बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वरपरका गाउँ डुबानमा परेका हुन्। बाँध भत्किएर गाउँको बाटो हुँदै भारततिर बगेको पानी सीमा नाकामै जम्मा हुन लागेको छ। उता भारतीय पक्षले सीमा नाका मा ठूलो बाँध बनाएपछि सीमा नाकामै पानी जम्मा हुन लागेको छ।

दुई नदीका बाँध भत्किए, राजमार्ग अवरूद्ध

रौतहटको विभिन्न क्षेत्रमा बाढी आएको छ। दुई दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्। कटहरिया स्थित लाल बकैया र पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका छन्। बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश गरिरहेका बताए । उनका अनुसार नदी नियन्त्रण टोलीले ठाउँ ठाउँमा खटिएको छ।

बागमती नदीले भत्कायाे बाँध, गाउँमा पानी पस्दै

वर्षाका कारण रौतहटमा बागमती नदीमा बाढीले बाँध भत्किएको छ। पुर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रहेको छ।

बाँध बनाउन चार कम्पनीबाट बोलपत्र

एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँधलगायत अन्य संरचना निर्माणका लागि चारवटा कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेस गरेका छन्। आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले आइतबारसम्म बोलपत्र पेस गर्ने अन्तिम समय तोकेको थियो।

भारतीय बाँधले यसरी डुबायाे नेपाली भूमि (फोटोसहित)

भारतले निर्माण गरेको ‘बाँधजस्तो सडक’ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन्।

मुआब्जाका कारण रूपातालको बाँध निर्माण प्रक्रिया प्रभावित

कास्कीको प्रसिद्ध रूपातालको बाँध निर्माण प्रक्रिया प्रभावित भएको छ। बाँध निर्माणस्थलमा व्यक्तिगत जग्गा परेकाले रूपाताल एकीकृत विकास परियोजनाले त्यसको मुआब्जा दिने तयारी गरे पनि केही जग्गाधनी सम्पर्कमा आएका छैनन्। जग्गाधनी सम्पर्कमा नआउँदा मुआब्जा वितरणमा समस्या भएपछि बाँध निर्माण प्रक्रिया प्रभावित भएको छ।

बाँध सुरक्षाका चुनौती

पानीसित जोडिएको विकास गतिविधिमा सँगै आउने महत्वपूर्ण विषय हो, बाँध । संसारमा बाँध निर्माण गरी पानीलाई मानवीय आवश्यकता पूरा गर्न प्रयोग गरिन्छ । सानाठूला सिँचाइ हुन् वा जलविद्युत् निर्माण जलाशययुक्त बाँध त्यससित जोडिएर आउँछ।

ब्राजिलमा बाँध भत्किँदा नौको मृत्यु, कम्तीमा तीन सय बेपत्ता

रियो दी जेनेरियो – ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेका एउटा फलाम खानीमा रहेको बाँध भत्किँदा नौ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन सय जना हराइरहकोे अधिकारीहरुले बताएका छन्। बाँधमा रहेको क्याफेटेरियामा खाजा खाइरहेका कामदारहरु बाँध भत्किएर आएको हिलोले बगाएर लगेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। हिलोले पुरिएर नौजनाको मृत्यु भएको पुष्टि अधिकारीहरुले गरेका छन्।

१५ प्रतिशत निर्माण सम्पन्न

संखुवासभामा निर्माणाधीन अरुण ३ जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ। बाँध, सुरुङ र विद्युत् गृह निर्माणलगायतका कामलाई तीव्र रुपमा अघि बढाएको आयोजनाले जनाएको छ।

मायाले बाँध्ने कुरा गर्दै आर्यन र सृष्टि

अभिनेता आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को शीर्ष गीत ‘बाँध मायाले’ सार्वजनिक भएको छ।

सैन्यदस्ता नेपाल भित्र्याउने रणनीति

सप्तरी र सुनसरीको सिमानामा अवस्थित सप्तकोसी ब्यारेजलाई गम्भीर सुरक्षा चुनौती रहेको भन्दै भारतीय पक्षले लामो समयदेखि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न नेपाली पक्षलाई दबाब दिँदै आएको छ।

लाअाेसमा बाँध भत्किँदा मृत्यु हुनेकाे संख्या १९ पुग्याे

लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर आयोजनाको निर्माणाधिन बाँध भत्कदाँ हराइरहेका मानिसहरुको उद्धार कार्य समेत चलिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।

बजेट जति सुरुङमा, बाँधको सुरसार छैन

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काम तीव्र भइरहँदा बाँध निर्माण प्रक्रिया सुरु नहुँदा तोकिएको समयमै काम सकिनेमा शंका उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्