२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लाअाेसमा बाँध भत्किँदा मृत्यु हुनेकाे संख्या १९ पुग्याे

लाओस - लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर आयोजनाको निर्माणाधिन बाँध भत्कदाँ हराइरहेका मानिसहरुको उद्धार कार्य समेत चलिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् । एटापु राज्यमा रहेको उक्त निर्माणधिन बाँध भत्कदाँ भएको दुर्घटनामा फसेका २ हजार ८ सय ५१ जनाको भने उद्धार गरिएको छ।

बाँध भत्कदाँ त्यहाँबाट निस्केको पानिले पुरै गाँउलाईनै बगाएको थियो। लाओसका एक अधिकारीले दिएको जानकारी अनुसार बुधबार समेत उद्धार कार्य जारी रहनेछ। उनले भने “बाँध भत्कदाँ दर्जनौ मानिसको ज्यान गएको छ। यो संख्या अझै बढ्न सक्छ। हजारौ मानिस हराइरहेका छन् । आज पनि उद्धारको कार्य जारी रहनेछ।”
 

प्रकाशित: ९ श्रावण २०७५ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App