२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समृद्धि सपनामै सीमित

समग्रमा भन्दा कर्णाली सरकार तीन वर्षे अवधिमा यहाँको १७ लाख ७० हजार जनसंख्यालाई सपना देखाउनमै केन्द्रीत भयो । देखाएका सपना पूरा गर्नेतर्फ उदासिन रह्यो ।

एन्फासँग कर्णाली सरकार पराजित

कर्णाली प्रदेश सरकारको स्थापना दिवसको अवसर पारेर शुक्रबार वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा मुख्यमन्त्रीको कप्तानीमा रहेको कर्णाली–११ लाई हराउँदै एन्फा–११ विजयी भएको छ ।

प्रदेश गृहमन्त्री भण्डारीको टोली राहत लिएर गोठीगाउँ

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी अग्नि पीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरमा विहानै राहत लिएर गोठीगाउँ पुगेका हुन्। राहत लिएर मन्त्री गाउँमा पुग्दा अग्नि पीडित निकै खुसी भएका थिए।

कर्णाली प्रदेश : छ महिनामा पुँजीगत खर्च ५.८७ प्रतिशत मात्रै

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको छ महिनामा ८.३९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। सबैभन्दा धेरै विकास बजेट रहेका मन्त्रालयहरुकै खर्च प्रतिशत न्यून छ।

सडक पूर्वाधारले फेरिँदै वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी भए पनि वीरेन्द्रनगर, सुर्खेत सडक पूर्वाधारका दृष्टिकोणले अत्यन्तै कमजोर थियो । २०२९ सालमा वीरेन्द्रनगरको गुरूयोजना निर्माण भएपनि सोअनुसार सडक पूर्वाधार निर्माण भएका थिएनन् । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र वीरेन्द्रनगर अहिले कर्णाली प्रदेशको राजधानी बनेको छ ।

लाहुरेको लोभलाग्दो पोल्ट्री व्यवसाय

उमेरले आधा दशक पार गर्न लागेपनि उनको लाहुरे दैनिकी फेरिएको छैन् । विहान चार बजे उठ्छन् । केही समय व्यायम गर्छन् । अनि कुखुराका खोर चाहर्छन् ।

ओलीको कदमले देश १० वर्षपछि पर्‍यो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको बताएका छन्। उनले संसद विघटनविरुद्ध सशक्त प्रतिकार गरिने पनि बताए।

ज्यालादारी गरेर छोरालाई इन्जिनियर बनाउने आमाको सपना

दैनिक सामान्य ज्याला मदजुरी गरेर आफ्ना सन्तानलाई इन्जिनियर पढाउने सपना कमैले देख्छन्। वीरेन्द्रनगर–१ सोलीघोप्टेकी नन्दकला आचार्य (४२) छोरा हेमन्तलाई इन्जिनियर बनाउन त्यही सपना पूरा गर्न तयार छिन्।

कर्णाली सरकार झन बलियो, मन्त्री रावल र सांसद रोकाय प्रचण्ड–नेपाल समूहमा

नेकपा विभाजनले अरु प्रदेशका सरकार परिवर्तनको तयारी भइरहेको बेला कर्णाली प्रदेश सरकार भने झन बलियो भन्दै गएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद छन्।

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार, कुरुवाललाई भत्ता

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमार्फत घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्नेछ।

कर्णाली प्रदेश : प्रचण्ड–नेपाल समूह मिल्दा ओली अल्पमतमा

केन्द्रमा नेकपाको विवाद उत्कर्षमै रहेका बेला गत असोज २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराए। कर्णालीको विवाद केन्द्रसम्म पुग्यो।

अवैध क्रसरः अनुगमन हुन्छ, कार्यान्वयन हुँदैन

कर्णाली प्रदेश सरकारले प्रदेशभर सञ्चालित क्रसर उद्योगहरुको अनुगनका लागि दुई महिनाअघि मन्त्रीस्तरीय समिति गठन गर्‍यो। समितिले कर्णालीमा सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रतिवेदन बुझायो। प्रतिवेदनमा कर्णाली प्रदेशमा सञ्चालित एकबाहेक सबै क्रसर उद्योगहरु अवैध सञ्चालनमा रहेको उल्लेख छ।

कर्णाली प्रदेशः पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले ३.९६ प्रतिशत रकम खर्च गरेको छ। विश्वभरि फौलिएको कोभिड–१९ का कारण यस वर्ष पहिलो चौमासिकमा रकम खर्च हुन नसकेको हो।

कर्णालीमा ४९ नयाँ कुष्ठरोगका विरामी थपिए

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। आइएनएफ सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा ४९ जना नयाँ कुष्ठरोगी थपिएका हुन्। नयाँ थपिएका मध्ये प्रदेश राजधानी सुर्खेतका १४ जना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्