२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्णाली प्रदेश योजना आयोगमा खड्का

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ।

उत्पादनमुखी काममा लाग्न प्रदेश सरकारको अपिल

कृषिको सम्भावना भएको कर्णालीमा जडीबुटी, तरकारी, फलफूल, अन्य कृषिजस्ता उत्पादनमुखी काममा जोडिन सकिने प्रदेश सरकारको भनाइ छ ।

घोडाबाट लडेर घाइते मुख्यमन्त्री शाहीको सिटी स्क्यान रिपोर्ट नर्मल

हुम्लामा घोडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिटी स्क्यान रिपोर्ट नर्मल आएको छ।

हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही दुर्घटनामा घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुर्घटनामा परेका छन्। शाही हुम्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका छन्। सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेका थिए।

कर्णालीमा बालिकासहित दुईजनाको मृत्यु

सल्यानको कुमाख गाउँपालिका–१, भित्रिवन चौरस्थित भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जाजरकोट भेरी गाउँपालिका–४, बस्ने २७ वर्षीय मधुबहादुर शाही मृत अवस्थामा भेटिएका हुन्।

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने

कोरोना भाइरसबाट संक्रमितको उपचार गर्न संघ सरकार पन्छिएको अवस्थामा कर्णाली प्रदेश सरकारले भने लक्षणसहितका बिरामीको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

पेलेरै अघि बढ्ने रणनीतिमा मुख्यमन्त्री

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १८ जनामध्ये पार्टीका वरिष्ठ नेता नेपाल समूहका ६ सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

नेकपाले कर्णालीका मुख्यमन्त्रीसहित पदाधिकारीलाई काठमाडौं बोलायो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध पार्टी भित्रैबाट अविश्वसको प्रस्ताव आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएका छन्।

कर्णालीमा दाहाल–नेपाल समूह एक ठाउँ, मुख्यमन्त्रीविरुद्ध बहुमत नपुग्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका सत्तारुढ दलका सांसदहरूले बैठक सञ्चालनका लागि कोरम पुर्याउन सकेका छैनन्।

दाहालको दौडधुप

कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्।

आफ्नैबाट अप्ठेरोमा मुख्यमन्त्री

‘मुख्यमन्त्री शाहीले निरन्तर पूर्वएमाले खेमाका कँडेल पक्षबाट अवरोधको सामना गर्नुप-यो । प्रतिपक्षी दलहरूबाट भरपुर सहयोग भए पनि नेकपाभित्रकै कँडेल समूहले सधैं अवरोध गरिरह्यो ।’

नेकपा कर्णालीमा विवाद : प्रमुख सचेतक शाह हटाइए

आफुविरुद्ध सत्तारुढ दलकै सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसदकै अविश्वासको प्रस्ताव

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका छन्। प्रदेशका १८ सांसदले उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रस्ताव बुझाएका हुन्।

कर्णालीका सबै क्रसर उद्योग अवैध

प्रदेश सरकारले क्रसर उद्योगहरू सञ्चालनमा रहेका सुर्खेतसहित दैलेख, सल्यान, जुम्ला र हुम्लामा अनुगमन गरेको थियो। त्यसक्रममा २६ वटा क्रसर उद्योगमध्येक २५ वटा अवैध रहेको अनुगमनका क्रममा फेला परेको हो।

मन्त्रीविहीन मन्त्रालय

कर्णाली प्रदेश मन्त्रीविहीन भएको छ। विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो जोखिममा पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्रीहरू जिल्ला दौडाहमा गएकाले मन्त्रालयहरू मन्त्रीविहीन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्