२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णालीमा बालिकासहित दुईजनाको मृत्यु

सल्यानको कुमाख गाउँपालिका–१, भित्रिवन चौरस्थित भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जाजरकोट भेरी गाउँपालिका–४, बस्ने २७ वर्षीय मधुबहादुर शाही मृत अवस्थामा भेटिएका हुन्।

करिब ९/१० दिन पहिले घरबाट निस्किएर बेपत्ता भएका शाही भेरी नदीको किनारामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए। उनका अनुसार उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

जुम्लामा बालिकाको मृत्यु

पिङ खेल्दै गर्दा डोरी घाँटीमा बेरिँदा जुम्लामा एक बालिकाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–७, भारतीवाडाकी मनिका बुढाको मृत्यु भएको हो।

आफ्नै घरमा पिङ खेल्ने क्रममा अचानक घाँटीमा पासो लागि उनी गम्भीर घाइते भएकी थिइन्। उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको थियो। मनिकाको उपचारकै क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७७ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App