२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाले कर्णालीका मुख्यमन्त्रीसहित पदाधिकारीलाई काठमाडौं बोलायो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध पार्टी भित्रैबाट अविश्वसको प्रस्ताव आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएका छन्।  

अध्यक्षद्वयले प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई छलफलका लागि बोलाएका हुन्। आज बालुवाटारमा भएको ओली – दाहाल छलफलपछि यस्तो निर्णय लिइएको हो।  

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। मंगलबार वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदसँग सहमति भएपछि तत्काललाई भने शाही सुरक्षित भएका छन्।  

प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला र गुलावजङ्ग शाहलाई काठमाडौं बोलाइएको छ। दलका मुख्य सचेतक रहेका शाहलाई पदबाट हटाइसकिएको छ।

 

 

 

प्रकाशित: २७ आश्विन २०७७ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App