२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बिमा रकम भुक्तानीमा ढिलाइ

कर्णाली प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र छ महिनादेखि कर्णालीमा कार्यरत कर्मचारीहरुको सामूहिक विपद् दुर्घटना विमा गरेको थियो। चैतयता कर्णालीमा प्राकृतिक विपत्तीमा परेर ८४ जनाले ज्यान गुमाएका छन् भने ति मध्ये एक जनाले मात्रै अहिलेसम्म विमावापतको रकम पाएका छन्।

कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ।

कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन

यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ । पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन् । तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन । जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् ।

कर्णालीमा कोरोनाः ४२ हजार परीक्षण गर्दा १९ सय बढीमा कोरोना

कर्णालीमा हालसम्म ४२ हजार एक सय ४१ जनाको कोभिड–१९ अर्थात् कोरोना परीक्षण गरिएको छ । काम विशेष र रोजगारीका लागि प्रदेश बाहिर, दोस्रो तथा तेस्रो मुलुकमा गएकाको कोरोना परीक्षण गरिएको हो ।

बाढीपहिरोमा परि कर्णालीमा ४३ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढी पहिरोमा परि कर्णालीमा ४३ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि उनीहरूले ज्यान गुमाएका हुन् ।

कर्णाली कै प्रसिद्ध जात्रा यो वर्ष सञ्चालन नहुने

आगामी साउन २० गतेदेखि सुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ ।

कर्णाली प्रदेश, बाढीपहिरोमा परी ३४ जनाको मृत्यु

कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ, भने आठजना बेपत्ता छन्। यस वर्ष बर्खामा दुई करोड ९१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। बाढी पहिरोमा परेर सुर्खेत, सल्यान र दैलेखमा एक÷एक, जाजरकोटमा १५, कालीकोटमा १२ र रुकुम पश्चिममा चारजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कर्णाली प्रदेश : लकडाउन खुल्यो, संक्रमित बढे

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । असारको अन्तिम सातादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या साउन छ गतेयता हरेक दिन बढिरहेको हो । लकडाउन खुलेयताका सात दिनमा कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।

नक्कली प्रतिवेदन बुझाएर २२ लाख भुक्तानी

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघिल्लो आर्थिक वर्ष कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ को कालिका प्रारम्भीक उत्पादन कृषक समूहमार्फत अर्गानिक नमुना गाउँ कार्यक्रम सञ्चालनमा ल्यायो ।

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णालीमा शुक्रबार ११ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरस पुष्टि भएको छ । दैलेखका आठ, कालीकोटका दुई र जाजरकोटका एकजनामा कोरोना पृष्टि भएको हो ।

विपदमा परी कर्णालीमा २५ को मृत्यु

विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी पाँच जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ४७.६५ प्रतिशतमा सीमित

कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म २०.२५ प्रतिशत बजेट मात्रै खर्च गरेको थियो। चालुतर्फ तीन अर्ब ८९ करोड ७६ लाख ५० हजार दुई सय ६१ रुपैयाँ र पुँजीगततर्फ तीन अर्ब पाँच करोड ९२ लाख ९४ हजार ६ सय ९० रुपैयाँ जेठ मसान्तसम्म खर्च भएको थियो।

कर्णालीको बजेट खर्च १६ अर्ब

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोड रुपैयाँँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन ।

कर्णालीमा साउन दुईदेखि संस्थागत विद्यालय सञ्चालन हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशले साउन दुई गतेदेखि विद्यालयमै पठन–पाठन सुरु गर्ने निर्णय गरेको छ। पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई विद्यालयमै उपस्थित गराएर भौतिक रुपमै पठन–पाठन सुरु गर्न लागिएको कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिए।

साढे दुई वर्षपछि संसदीय समितिले नेतृत्व पायो

प्रदेशसभा गठन भएको साढे दुई वर्षपछि कर्णाली प्रदेशसभाका विभिन्न चार वटा समितिले नेतृत्व पाएका छन्। दलहरूबीचको सहमतिका आधारमा आइतबार निर्विरोध नेतृत्व चयन भएको हो। कर्णाली प्रदेशसभामा सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, विद्यायन तथा प्रदेश मामिला समिति र सामाजिक विकास समिति गठन गरिएको छ। यसअघि ती सबै समितिको नेतृत्व जेष्ठ सदस्यले गर्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्