२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्णाली प्रदेश : साढे दुई वर्षपछि संसदीय समितिमा नेतृत्व

प्रदेशसभा गठन भएको साढे दुई वर्षपछि कर्णाली प्रदेशसभाका विभिन्न चार वटा समितिले नेतृत्व पाएका छन् । दलहरुबीचको सहमतिका आधारमा आइतबार निर्विरोध नेतृत्व चयन भएको हो ।

अन्तिम सातासम्म २६.१५ प्रतिशतमात्र बजेट खर्च

चालू आर्थिक वर्षको अन्तिम सातासम्म कर्णाली प्रदेश सरकारले अपेक्षाभन्दा थोरै बजेट खर्च गरेको छ। कूल ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेटमा २६.१५ प्रतिशत मात्र बजेट खर्च भएको छ।

पहिरोले घर बगाउँदा कर्णालीमा नौको मृत्यु

लगातारको बर्षाका कारण बाढीले घर बगाउँदा पछिल्लो २४ घण्टामा कर्णालीमा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता छन् ।

लेखा समितिले माग्यो मुख्यमन्त्रीसँग जवाफ

आर्थिक वर्षको अन्तिमतिर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्थानीय तहमा पठाइएको रकम निकासा सम्बन्धमा कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग जवाफ माग गरेको छ ।

कछुवा गतिमा कर्णाली : अन्तिम सातासम्म २६.१५ प्रतिशत मात्र बजेट खर्च

चालू आर्थिक वर्षको अन्तिम सातासम्म कर्णाली प्रदेश सरकारले अपेक्षाभन्दा थोरै बजेट खर्च गरेको छ । कूल ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेटमा २६.१५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

सरकारविरुद्ध सत्तापक्ष र प्रतिपक्षको एकै स्वर

कर्णाली प्रदेश सरकारले विनियोजन विधेयकको भावना र मर्म विपरित वार्षिक विकास कार्यक्रम ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता पक्षका सांसदहरु सरकारविरुद्ध एक ठाउँमा उभिएका छन्। कांग्रेसले एक सातादेखि लगातार संसद अवरुद्ध गर्दै आइरहेको छ भने तीन दिनदेखि जारी नेकपाको संसदीय दलको बैठकमा सत्ता पक्षकै सांसदहरुले सरकारको राजीनामा माग्न थालेका छन्।

खाली हुँदै क्वारेन्टिन

सुर्खेतको बराहताल गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा अघिल्लो सातासम्म भारतलगायत देशकै विभिन्न जिल्लाहरुबाट आएका करिव १५ सय नागरिकहरु थिए ।

आर्थिक वर्ष सकिनै लाग्दा ३६ करोड निकासा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्षको अन्त्यमा रोजगार, आयआर्जन र उज्यालो कार्यक्रमका नाममा करोडौं रुपैयाँ पालिकाहरुमा पठाएका छन्। मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमतर्फ २९ करोड ९९ लाख ५९ हजार, मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रमतर्फ पाँच करोड २५ लाख ४३ हजार ७२८ र कर्णाली उज्यालो कार्यक्रमतर्फ ९५ लाख रुपैयाँ गरेर ३६ करोड २१ लाख दुई हजार ७२० रुपैयाँ स्थानीय तहमा पठाएका हुन्।

लगातार दुई पटक संसद् बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक लगातार दुई पटक अवरुद्ध गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै कांग्रेसले बुधबार र बिहीबार लगातार संसद् अवरुद्ध गरेको हो।

कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिए

कर्णालीमा बिहीबार मात्रै ७२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ४५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा २७ जना कोरोना संक्रमित भेटिएका हुन् ।

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो। उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए। कोरोना निको भएपछि उनी फर्किसकेका छन्।

कर्णालीका १० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सर्पदंशका एक बिरामी क्वारेन्टिनबाट जेठ २८ गते प्रदेश अस्पताल कालागाउँको आकस्मिक कक्षमा उपचार गराउन पुगे । झुक्याएर आकस्मिक कक्षमा गएका ती विरामीबिरामीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यति मात्र होइन जेठ ३१ र ३२ गते उक्त अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक र दैलेखका दुईजना बिरामीमा पनि कोरोना देखियो ।

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कर्णाली प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो।

रुकुम घटना: मृतकका परिवारलाई एक–एक लाख

कर्णाली प्रदेश सरकारले रुकुम (पश्चिम)मा भएको घटनाका मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। असार १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रुकुम घटनामा मृत्यु भएका छ जनाको परिवारलाई एक–एक लाखका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्