६ वैशाख २०८१ बिहीबार
समाज

रुकुम घटना: मृतकका परिवारलाई एक–एक लाख

कर्णाली प्रदेश सरकारले रुकुम (पश्चिम)मा भएको घटनाका मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। असार १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रुकुम घटनामा मृत्यु भएका छ जनाको परिवारलाई एक–एक लाखका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश विक, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए।

मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा–सुविधा सम्वन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७७ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। आन्तरिम मामिला तथा कानुन मन्त्रालयले यो विधेयक संसदमा पेश गर्नेछ। यस्तै बैठकले प्रदेश निजामती सेवा पुरस्कार सम्वन्धी मापदण्ड तथा कार्यविधि–२०७७ स्वीकृत गरेको छ।

बैठकले भौतिक पूर्वाधार विकास कार्यालयको कार्यालय प्रमुख पदमा योग्यता पुगेका इन्जिनियरिङ सेवा, सिभिल समुह अन्र्तगतका जुनसुकै उपसमुहका कर्मचारी जान पाउने गरेर उपसमुह खुला गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ५ असार २०७७ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App