४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा ४९ नयाँ कुष्ठरोगका विरामी थपिए

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। आइएनएफ सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा ४९ जना नयाँ कुष्ठरोगी थपिएका हुन्। नयाँ थपिएका मध्ये प्रदेश राजधानी सुर्खेतका १४ जना छन्।  

यस्तै जाजरकोटका १३, दैलेखका ९, कालिकोटका ६, सल्यानका २,  जुम्ला १ र अन्य जिल्लाका चार जना नयाँ कुष्ठरोगी फेला परेको आइएनएफले जनाएको छ। आइएनएफले सञ्चालन गरेको साइनिङ अस्पतालका व्यवस्थापक मंगल थारुले कुष्ठरोगका विरामीमध्ये अधिकांश १५ देखि ५९ वर्ष उमेर समूहका छन्। यो उमेर समूहका ३९ जना, ६० वर्ष उमेरमाथिका ६ र एकदेखि १४ वर्ष उमेर समूहका चार जना रहेका छन्।

कोरोना कहरका कारण कुष्ठरोगको परीक्षण गर्ने संख्या भने घटेको छ। अघिल्लो आर्थिक वर्ष साइनिङ अस्पतालबाट १० हजार ३५८ जनाले सेवा लिएका थिए भने यस वर्ष कोरोना महामारीका कारण सेवा लिनेको संख्या घटेको छ। कुष्ठरोगका विरामीको संख्याको आधारमा नेपालका १६ वटा जिल्ला जोखिममा छन्। तिमध्ये कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालिकोट चार जिल्लालाई जोखिम मानिन्छ।

प्रकाशित: २३ मंसिर २०७७ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App