९ मंसिर २०८१ आइतबार
image/svg+xml

कर्णालीमा ४९ नयाँ कुष्ठरोगका विरामी थपिए

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। आइएनएफ सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा ४९ जना नयाँ कुष्ठरोगी थपिएका हुन्। नयाँ थपिएका मध्ये प्रदेश राजधानी सुर्खेतका १४ जना छन्।

घटेनन् कुष्ठरोगी, सरकारको लक्ष्यलाई चुनौती

सन् २०१० मा निवारण घोषणा भएको कुष्ठरोगको अवस्था दश वर्षदेखि उस्तै रहेको छ। बर्सेनी नयाँ कुष्ठरोग लाग्नेको संख्या तीन हजारभन्दा बढीको रहेको विभिन्न तथ्यांकले देखाएको छ।

कर्णालीमा ११४ कुष्ठरोगी

कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ। आर्थिक वर्ष २०७४–७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन्।

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ।

'मनमोहन अधिकारी कुष्ठरोगी थिए'

मनमोहन अधिकारी कहिलेदेखि विरामी थिए भन्ने आधिकारीक तिथिमिति पाइदैन । तथापि उनी लामो समयदेखि बिरामी थिए । अधिकारीले आफूलाई लागेको रोग लुकाउने प्रयास गरेको देखिन्छ । बाहिरी रूपमा रोगलाई लुकाए पनि त्यसले स्वयम्लाई पार्ने प्रभावलाई रोक्न सक्ने स्थिति थिएन । उनी बेला बेलामा उपचारका लागि भारत जाने गरेका भए पनि रोगले क्रमशः कमजोर बनाउदै लगेको थियो ।

कुष्ठरोगी वृद्धलाई सार्वजनिक बहिष्कार गरी गाउँ निकाला

रौतहट– रौतहटमा एकजना वृद्ध कुष्ठरोगीलाई सार्वजनिक बहिष्कार गरी गाउँबाटै निकाला गरिएको छ। कुष्ठरोग लागेकै कारण रौतहटको बसन्तपटी गाविस वार्ड नम्बर ३ का ६५ वर्षीय इनरदेव रामलाई घरपरिवार र समाजले बहिष्कार गरी गाउँबाट निकाला गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्