१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ। ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलब्ध गराएको हो।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्ति वापत  ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिए। संस्थाले कुष्ठरोगीको घरघरमा गएर उक्त सहयोग उपलब्ध गराएको हो।

'व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरेका छौँ, डङ्गोलले भने। संस्थाले समाजमा कुष्ठरोगीप्रतिको विभेद अन्त्यका लागि जनचेतना जगाउने, स्वास्थ्य सरसफाई, स्वास्थ्य सामाग्री वितरण गर्नेलगायत काम समेत गर्दै आएको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App