२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लगातारको वर्षाले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ।

दुर्घटनामा परेका पूर्वमन्त्रीसहित चार जनाको जिल्ला अस्पतालमा उपचार हुँदै

गाडी चालक पेम्बा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

अवरुद्ध दशरथचन्द राजमार्ग पूर्ण सञ्चालनमा

राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो।

जीर्ण सडकले यात्रुलाई बर्खामा झन् समस्या

कर्णाली राजमार्ग अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु जिल्लाको सदरमुकाम गमगढीसम्मको दूरी २९४ किलोमिटर हो।

धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।

खुल्यो पाल्पा-बुटवल सडक खण्ड

पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे।

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।

किसानद्वारा २ ट्रक रासायनिक मल कब्जा

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा दुई ट्रक रासायनिक मल किसानहरुले कब्जामा लिएका छन्।

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

बाढीपहिरोले पछिल्लो एकसाता पोखरा जोडने स्थलमार्ग झन्झटिलो बनेको छ। यसले यात्रामा बाधा उत्पन्न गराएको छ। स्थलमार्ग हुँदै आउजाउ गर्ने भारतीय पाहुना पनि यतिबेला घुमघामका लागि निस्कन नसकेको व्यवसायीले बताए। एकसाताको अवधिमै पर्यटन क्षेत्र सुस्ताउन पुगेको व्यवसायीको भनाई छ। व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायातको पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिडडुल पनि कम भएको छ।

सुनसरी कोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।

कार र मोटरसाइकल त्रिसुलीमा खस्दा २ जनाको ज्यान गयो

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाईकल मस्र्याङ्दी नदीमा खसेको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते छन्।

अवरुद्ध राजमार्गका यात्रुको पीडा: २७ घण्टासम्म राजमार्गमै

पहिरोले राजमार्ग अवरुद्ध हुँदा यात्रु २७ घण्टासम्म राजमार्गमा रोकिएका थिए। उनीहरुले न त खान पाए, न शौच गर्न पाए। पोखरा–मुग्लिन खण्डको पहिरोले यात्रुलाई घन्टौ सडकमै अलपत्र पारेको थियो।

पोखरा–मुग्लिन राजमार्ग साना सवारीका लागि खुला

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड एकतर्फी खुला भएको छ। अहिले चारपांग्रे साना र दुइपांग्रे सवारी मात्र पालैपालो वारपार गराएको प्रहरीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्