१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

हातुखुट्टा बाँधिएका लोकेन्द्र सिंह भण्डारी।

अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका-४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे।

गोदावरीदेखि करिब ६ किलोमिटरमाथी बुरितोला नपुग्दै जंगल रहेको क्षेत्रमा आलिताल गाउँपालिकाका कम्प्युटर अप्रेटर लोकेन्द्र सिंह भण्डारी हातुखुट्टा बाँधेर सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए।

कञ्चनपुर दैजी घर भएका भण्डारीले महेन्द्रनगरबाट लिफ्ट मागेर आफ्नो निजी गाडीमा चढेका तीन जना भारतिय मुलका देखिने युवाले आफूलाई कुटपिट गरी जंगलमा हातखुट्टा बाधेर मोबाइल, पर्स र कार समेत लुटेर लगेको बताएका छन्।

ढुंगाले हानेर टाउकोमा चोट समेत लागेका अवस्थामा भण्डारीको उद्धार गरेर अत्तरियास्थित पदमा अस्पतलामा उपचार भैरहको मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र पाण्डेयले बताएका छन्।

महेन्द्रनगर चमनचौराहमा चिया खानेक्रमा तीन जना भारतीय मुलका जस्ता देखिने युवाहरुले तेल खर्च दिने भन्दै खानीडाडाँसम्म लगिदिन भनेर गाडीमा लिफ्ट मागेको उनले प्रहरीलाई बताएका छन्। सोमबार बिहान ८ बजे महेन्द्रनगरबाट डडेल्धुरा जान प्रदेश ०३–०१–२३ च ८७२१ नम्वरको सुजिकी कारमा तीन जनलाई लिफ्ट लिएर हिडेको उनले बताए।

गोदावरी भन्दा मागी गाईमारे नजिक पुगेपछि सुन्दर ठाउँ, सिन राम्रो रहेछ फोटो खिच्न भनेर गाडी रोख्न लगाए। फोटो खिच्दै सडक भन्दा तल खोल्चातिर गएपछि एकाएक चावी खोस्न लागेको उनले प्रहरीलाई बताएका छन्। धकेलाधुकुल भएपछि चक्कु निकालेर हान्ने जस्तो गरेको र चक्कु औलामा लागेर समान्य चोट लागेको उनले बताएको प्रहरी नायव उपरीक्षक पाण्ड्यले बताए।

कुटपिट गरेर हातखुट्टा बाँधेर नगद ५ हजार, मोबाइल र गाडीसमेत लगेर गएको उनले बताएका छन्। बिहान करिब १० बजे अथवा साढे १० बजेतिरको घटना भएको उनको भनाइ छ। घस्रिदै तलबाट सडक छेउमा पुगेको उनले प्रहरीलाई बताएका छन्। लुटेर लग्ने युवा २२, २४ वर्ष उमेरको देखिने रहेको उनले बताए।

कैलाली जल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदराज जोशीले घटनाको अनुसन्धान भैरहेको बताएका छन्। गाडी लुटेर फरार हुने युवाको खोजी भैरहेको उनले बताए। घटनाको अनुसन्धान भैरहेको र  कतिपय कुरा स्वयं भण्डारीले साँचो भनेका छन् वा  लुकाएका छन् भनेर अस्पतालबाट डिचार्ज भएपछि उनलाई पनि सोधिने जोशीले बताए।

प्रकाशित: १३ असार २०७९ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App