मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग
मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै गाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो।
मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै गाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो।
पृथ्वी राजमार्गको पोखरादेखि विजयपुरसम्मका सडक किनारका अतिक्रमित संरचना भत्काउन थालिएको छ। पोखरा महानगरपालिकाले राजमार्ग अतिक्रमण गरि बनाएका संरचना हटाउन सुरु गरेको हो।
२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्’, जुम्लाका भक्त रावतले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौं भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन्। दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन्।
निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ।
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।
मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले अवरुद्ध हुलाकी राजमार्गको काम तत्कालै थाल्नु पर्ने माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन भोक हड्ताल थालेका छन्।
संखुवासभामा अविरल वर्षासँगै आएको बाढीपहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।
शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा थिए। केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिंडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।
पृथ्वीराजमार्ग अन्तर्गत मलेखु-मुग्लिन (३८.८ किलोमिटर) सडक खण्डको स्तरोन्नतिको काम अगाडि बढेको छ।
कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ।
नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।