२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

मलेखु-मुग्लिन सडक विस्तार अघि बढ्यो

पृथ्वीराजमार्ग अन्तर्गत मलेखु–मुग्लिन (३८.८ किलोमिटर) सडक खण्डको स्तरोन्नतिको काम अगाडि बढेको छ। यो सडक खण्डको स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले साइटमा खटिएर निर्माणको कामलाई अघि बढाएको छ। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा–जेडआईसी संयुक्त उपक्रम (जेभी) ले ठेक्का पाएको हो।

यो सडक खण्डको ठेक्का सम्झौता २२ नोभेम्बर २०२२ मा भएको थियो । निर्माण कम्पनी साइटमा परिचालन भने ३० डिसेम्बर २०२२ मा भएको थियो। नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख किरण कार्कीले निर्माण कम्पनीले आवश्यक साइट निर्माण गरेर फिल्डमा खटिसकेको बताए।

‘निर्माण कम्पनीले ठेक्का सम्झौतापछि आवश्यक क्याम्प तथा अन्य संरचना तयार पारेर फिल्डमा परिचालन भइसकेको छ,’ उनले भने, ‘अहिलेसम्म सडक विस्तार आयोजनाको एक प्रतिशत भौतिक प्रगति भइसकेको छ।’ ठेक्का सम्झौता अनुसार यो सडक स्तरोन्नतिको काम ३० डिसेम्बर २०२५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। यो सडक खण्ड ४ अर्ब ८० करोड लागतमा ठेक्का सम्झौता भएको हो। यो सडक खण्डमा आधा दर्जन पुल निर्माण गरिनेछन्।

पृथ्वीराजमार्ग अन्तर्गत मलेखु–मुग्लिन (३८.८ किलोमिटर) सडक खण्डको स्तरोन्नतिको काम अगाडि बढेको छ। यो सडक खण्डको स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले साइटमा खटिएर निर्माणको कामलाई अघि बढाएको छ।

योजना प्रमुख कार्कीले निर्माण कम्पनीले ३ वर्ष भित्रै मलेखु–मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको जानकारी दिए। ‘निर्माण कम्पनीले तीन वर्षभित्रै दुई लेनसहितको सडक चौडा गर्ने जिम्मेवारी पाएको छ,’ उनले भने ‘छनोट भएको कम्पनीले सो सडक खण्ड ५ वर्षसम्म नियमित मर्मतसम्भार पनि गर्नुपर्नेछ।’ यो सडक खण्ड बजारक्षेत्रमा ६ लेनका सडक स्तरोन्नति गरिनेछ।

त्यसैगरी अन्यन्तै साँघुरो भएको खण्डमा भने दुई लेनको विस्तार गरिनेछ।’ यो सडक खण्ड विस्तार गर्न साढे ६ अर्ब रूपैयाँ अनुमान गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको हो। संघीय सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नतिको काम गर्दै आइरहेको छ।

निर्माण कम्पनीले हालसम्म मोविलाइनजेसन रकमसहित १५ प्रतिशत रकम बुझिसकेको छ। कुनै पनि निर्माण कम्पनीले अहिले १० प्रतिशत मोविलाइनजेसन बापत लिन पाउँछन्। चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ। सडक विस्तार र स्तरोन्नतिपछि न्युनतम नौ मिटर कालोपत्र हुनेछ।

बजारक्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण गरिनेछ। बजारक्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोल लगायतका संरचना निर्माण गरिनेछन्। योजना कार्यालयका अनुसार यो खण्डमा गोमती, चरौंदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन्। खटौटीमा पुल निर्माण कार्य अघि बढी सकेको छ।

निर्माण कम्पनीले हालसम्म मोविलाइनजेसन रकमसहित १५ प्रतिशत रकम बुझिसकेको छ। कुनै पनि निर्माण कम्पनीले अहिले १० प्रतिशत मोविलाइनजेसन बापत लिन पाउँछन्।

यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन। मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने बताइएको छ। योजना अन्तर्गतका साइटमा अहिले क्लियरेन्सका काम अघि बढाइएको छ। यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन्।

‘अहिले सडकको दायाँबायाँ रिटेनिङ वाल तथा डे«नेज लगायतका संरचना निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘अहिले पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौं।’

नौबिसे–मुग्लिन खण्डमा ९६ किलोमिटर सडक पर्छ तर पहिलो खण्ड नागढुंगा–नौबिसे १२.२६ किलोमिटर र दोस्रो खण्ड नौबिसे–मलेखु ४३.५४२ किलोमिटरको स्तरोन्नतिको काम अगाडि बढाइएको हो। मलेखु–मुग्लिनमा भने ३८.८ किलोमिटर पर्दछ।

प्रकाशित: ३२ जेष्ठ २०८० ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App