१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

संखुवासभामा अविरल वर्षासँगै आएको बाढीपहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढीपहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी-किमाथाङ्का सडक ठप्प भएको हो।

गए राति वर्षासँगै आएको  पहिराले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी बताए। उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख  कोइरालाले बताए।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए। पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन। सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिराका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दर्जनौं सवारी बीचबाटैमा अपलत्र परेका छन्।

प्रकाशित: ६ असार २०८० ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App