२४ असार २०८१ सोमबार
image/svg+xml

माओवादी संसदीय दलको बैठकमा व्याख्यात्मक टिप्पणीबारे छलफल

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा एमसिसी सम्झौता अनुमोदनका सन्दर्भमा तयार भएको व्याख्यात्मक टिप्पणीका बारेमा छलफल भएको छ।

एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ: पुष्पा भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छिन्।

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा बैठकमा उपस्थित रहुन्जेल संसद् अवरोध जारी रहने बताएका हुन्।

सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीको संसदीय दलमा सोडारी

नेकपा एमाले विभाजपछि दोस्रोपटक बसेको संसदीय दलको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो।

सभामुखले बोलाए सर्वदलीय बैठक

संसदको गतिरोध अन्त्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन्।

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्।

वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन।

कांग्रेस संसदीय दलको बैठक बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गते अपरान्ह ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।

भदौं २३ अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छैन: माधव नेपाल

सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए।

लुम्बिनीमा गठबन्धन सरकार: बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन्।

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

जसपाको संसदीय दलको बैठक सुरु, प्रम देउवालाई विश्वासको मत दिनेबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ।

काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँबानेश्वरमा बस्ने

नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्