१२ मंसिर २०८१ बुधबार
image/svg+xml

'आन्तरिक विवादले वाक्क भएँं'

सुनसरीका कांग्रेस नेता–कार्यकर्ताले पार्टीभित्रको मेलमिलाप हेर्न आउन शीर्ष नेतालाई निम्तो दिएका छन्।

सीमामा पर्यटकलाई भव्यरूपमा स्वागत फोटोसहित

भिजिट नेपाल २०२०को स्वागतको अवसरमा आज बुद्ध जन्मस्थल मायादेवी मन्दिर प्रवेश निःशुल्क गरिएको छ। लुुम्बिनीमा आएका पर्यटकलाई लुम्बिनी विकास कोष, पर्यटन व्यवसायीहरुले बाजागाजासहित स्वागत गरी लुम्बिनीको बारेमा जानकारी गराएका छन्।

भ्रमण वर्षको प्रचारका लागि नेपाल यात्रा

भ्रमण वर्ष २०२० को प्रचार तथा मध्यपहाडी जिल्लाहरुको समाजिक, आर्थिक अवस्थाको अध्ययन गर्नका लागि एक टोली ‘नेपाल–यात्रा’मा निस्किएको छ। नेपाल भारतको सिमानामा पर्ने पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरव पुष्पलाल (मध्यपहाडी) लोकमार्गको मोटरसाइकल यात्राका लागि पाँचथरबाट एक टोली निस्किएको हो।

नेपालमा राजनीतिक नेतृत्वको कमजोरी

नरबहादुर थापा, नेपाली अर्थतन्त्रको सटिक विश्लेषण गर्नसक्ने विज्ञको रुमपा परिचित छन् । नेपाल राष्ट्रबैंकमा अधिकृत तहमा प्रवेश गरेर विशिष्ठ श्रेणीको कार्यकारी निर्देशक पद सम्हाल्दै ३० वर्ष सेवा गरेर केही महिनाअघि मात्र अवकाश प्राप्त थापा अहिले पनि अर्थतन्त्रकै केस्रा केलाइरहेका छन् ।

भ्रमण वर्ष उद्घाटन गर्न चौदण्डीगढी नगरपालिकामा सार्वजनिक विदा

उदयपुरको चौदण्डीगढी नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा सार्वजनिक बिदा दिएको छ।

प्रशोधनकर्तामार्फत नेपाली चियाकाे लोगो कार्यान्वयन

सरकारले नेपाली अर्थोडक्स चियालाई एउटै प्रमाणित ट्रेडमार्क दिने उद्देश्य अनुरुप दुई वर्षअगाडि जारी गरेको निर्देशिका पहिलो चरणमा चिया प्रशोधनकर्तामार्फत कार्यान्वयनमा ल्याउन लागेको छ।

जोखिममा नेपाली मिडिया

मिडिया अनुगमन प्रतिवेदनले नेपाली मिडिया जोखिममा रहेको निष्कर्ष निकालेको छ। फ्रिडम फोरमले गरेको अनुगमन प्रतिवेदनले सन् २०१९ मा १ सय ११ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको उल्लेख गरेको छ।

गुटगत स्वार्थले कांग्रेसमा कलह

पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहने/पुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो।

एमसीसी चीन, रुस र उत्तर कोरियाविरुद्ध छः वरिष्ठ नेता नेपाल

पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना ईन्डो प्यासिफिककै अंग भएकाले नेपालले स्वीकार नगर्ने दाबी गरेका छन्।

तराइमा न्यानो बाँड्दै नेपाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्लाका विपन्न चिसो प्रभावितलाई न्यानो लुगा वितरण गरेका छन्। शीतलहरले अत्यधिक प्रभावित गृह जिल्ला रौतहटको गढीमाई नगरपालिकामा चिसो प्रभावितलाई नेता नेपालले न्यानो लुगा वितरण गरेका हुन्।

चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने

बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन बुधबार (पुस १६ मा) राजधानीको दशरथ रंगशालामा भव्य रुपमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने भएका छन्।

अपूरो तयारीमा उत्कृष्ट अपेक्षा

अहिलेसम्म गतिलो तयारी केही देखिन्न। अब गरिने तयारीले २०२० को उपलब्धी हासिल गर्न कठिन छ, बरु सन २०२१ लाई फाइदा पुग्छ।

कांग्रेसमा देउवाबिरुद्ध मोर्चा बनाउँदै असन्तुष्ट

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन्।

र्‍याफ्टिङ, बञ्जी, क्यानोनिङ र खानामा भारी छुट

भ्रमण वर्षको पहिलो साता सुनकोसी र भोटेकोसी नदीमा सञ्चालित -याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेल, खानाका परिकार, बास र होटलका अन्य सुविधामा पर्यटकले छुट पाउने छन्।

आर्मीको जितमा शर्मिला नायक

शर्मिला थापाको पाँच गोलको मद्दतले वराहक्षेत्रलाई १०–० ले पराजित गर्दै नेपाली सेनाको महिला फुटबल टोली धनकुटामा जारी सहिद रिदामाहाङ रामालिहाङ प्रथम गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्