५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भ्रमण वर्षको प्रचारका लागि नेपाल यात्रा

मध्यपहाडी लोकमार्ग भएर नेपाल भ्रमणमा मोटरसाइकलमा निस्किएको टोली। तस्बिरःगिरिराज/नागरिक

पाँचथर- भ्रमण वर्ष २०२० को प्रचार तथा मध्यपहाडी जिल्लाहरुको समाजिक, आर्थिक अवस्थाको अध्ययन गर्नका लागि एक टोली ‘नेपाल–यात्रा’मा निस्किएको छ। नेपाल भारतको सिमानामा पर्ने पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरव पुष्पलाल (मध्यपहाडी) लोकमार्गको मोटरसाइकल यात्राका लागि पाँचथरबाट एक टोली निस्किएको हो।

भ्रमण वर्ष २०२० को प्रचार गर्ने, एक नम्बर प्रदेश घुम्न निम्तो दिने, ठाँउठाँउमा अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ। भ्रमण वर्षको प्रचार गर्ने, समुदायमा उत्साह जगाउने प्रमुख लक्ष्य रहेको यात्राका एकजना सहभागी हर्क नेम्बाङ मिक्सोले जानकारी दिए। मोटरसाइलमा ११ जनाको टोलि भ्रमणमा निस्कीएको हो। ‘मध्यपहाडी लोकमार्गको वारपार पहिलो पल्ट मोटरसाइकल भएर यात्रा गर्न लागेका छौँ। पर्यटन प्रवद्र्धनसँगै आर्थिक, समाजिक, भौतिकलगायका अवस्थाको अध्ययन गर्ने छौँ’ उनले भने।

नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढि बस्ती छोएर झुलाघाट पुग्ने जानकारी दिइएको छ। मध्यपहाडी लोकमार्गका निर्माण अवस्थाको अध्ययन गर्ने, अन्य प्रदेशमा एक नम्बर प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्यको जानकारी गराउने, प्रचार सामाग्री बाड्ने, डकुमेन्ट्री निर्माण तथा पुस्तकसमेत प्रकाशन गर्ने लक्ष्य रहेको अर्का सहभागी सुमन लामाले जानकारी दिए। १ हजार ७ सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले छुने सदरमुकाम र स्थानीय तहकोे केन्द्रमा अन्तरक्रिया कार्यक्रमसमेत रहेको जानकारी दिइएको छ।
 

प्रकाशित: १६ पुस २०७६ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App