मधेस मामिलामा वर्ग, क्षेत्र र जात
यतिखेरको मुख्य समस्या भनेको जातीयभन्दा पनि वर्गीय हो। आर्थिक रूपमा पछि परेका र पारिएका नागरिक र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनु प्रमुख आवश्यकता हो।
यतिखेरको मुख्य समस्या भनेको जातीयभन्दा पनि वर्गीय हो। आर्थिक रूपमा पछि परेका र पारिएका नागरिक र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनु प्रमुख आवश्यकता हो।
शेरबहादुरको नाम सुन्नेबित्तिकै पुरानो कुरा निकालेर असफल राजनीतिक खेलाडीका रूपमा वर्णन सुुरू गर्नेका लागि पनि देउवाले गरेको मधेससँगको सहमति एउटा गतिलो जवाफ भएको छ । यो प्रयत्नमा माओवादी नेता प्रचण्डको भूमिका गौण छैन, तर यो जस लिने गरी मधेसी नेतालाई मिलाउने अवसर भने उनले पाएनन् ।
असोज २ मा हुने तेेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ शक्ति पार्टीका नेता रामचन्द्र झा र फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले अन्य पार्टीमा आबद्ध हुने तयारी गरेका छन् भने राजपा उपाध्यक्ष अनिता यादव, सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरिसकेका छन्।
ठूला दलका नेता चुनावी चटारोमा भएका बेला राजपाका स्थानीय नेता जनकपुरको चन्दु चिया पसलमा बसेर गजडी गफमात्रै कसरी फलाक्न सक्छन्? पान चपाएर गरिने राजनीतिक संवादमा सधैँ देखिने उनीहरूको रवाफ कसरी कायम रहन सक्छ? राजपा नेतृत्वले चिन्तन गर्नु जरुरी छ।
प्रदेश २ का आठ जिल्लामा उम्मेदवार चयनदेखि अन्य निर्णय गर्न यसअघि मधेसी समुदायका नेतालाई दिइएको जिम्मेवारी खोसेर शीर्ष नेताले लिएपछि असन्तुष्टि बढेको छ।
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को चुनावी रणनीति बनाउनका लागि एकजना पनि मधेसी अनुहारलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्।
तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरूले जनकपुरलाई केन्द्र बनाएर दुई नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले तेस्रो चरणको स्थानीय तहको चुनावमा माओवादी केन्द्रले मधेसवादी दलसंग तालमेल गरेर प्रतिस्पर्धामा उत्रने तयारी गरेको बताएका छन्।
१७ हजार नेपालीको हत्या गर्ने माओवादीका कार्यकर्तामध्ये पुरस्कारस्वरूप २९ हजारलाई सेनामा सिधा प्रवेश दिने तर मधेसी समुदायप्रति भने भेदभावको नीति किन?
तराईका चिडीमार, लोघ, ताजपुरिया, राजवंशी, सखरिया, सतार, नटुवा, हलखोर, डोम, माली, धुनिया, विन, हजाम, खत्वे, तत्मा, दुसाध, मुसहरहरुको सहभागिता शून्यप्रायः छ । ‘भूराबाला’ (भूमिहार, राजपूत, ब्राम्हण र लाला) ले आरक्षण पाइरहेका छन् । लोकसेवा आयोगकै पदाधिकारीमा पनि दुई झार एक यादव छन् ।
नयाँ संविधानले अस्वीकार गरेको ‘समग्र मधेस एक प्रदेश’ को अजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः बहसमा ल्याउने प्रयत्न थालिएको छ। समग्र मधेस एक प्रदेशको अजेन्डामा सहमत हुने राजनीति दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा ‘मधेस भ्वाइस एसेम्बली’ गठन गरेर सो मुद्दालाई पुनः बहस र छलफलमा ल्याउने प्रयत्न गरिएको हो । त्यसका लागि ५ सदस्सीय कमिटी पनि गठन गरिएको छ।
राज्यसत्ताबाट मधेसीमाथि रंगभेद, असमानता र अन्याय भएको भन्दै २००८ सालमा तराई कांग्रेसको उदयसँगै तराई–मधेस क्षेत्रीय दलको उदयभूमि बन्यो।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग पूरा गराउने बहानामा दुई नम्बर प्रदेशको चुनाव सार्ने सरकारी निर्णयप्रति मधेसमा व्यापक विरोध सुरु भएको छ।
२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेसमा राष्ट्रिय जनता पार्टीको नेतृत्वमा सुरु भएको आन्दोलनलाई शान्त गरेर मात्र अगाडि बढ्न निश्कर्षसहित काँग्रेसभित्र तराईका नेताहरु पुगेका छन्।