२६ आश्विन २०८१ शनिबार
image/svg+xml

भूकम्प पीडितलार्इ कर्जा सहुलियत गर्न निर्देशन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनर्निर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउन नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ ।

भूकम्प पीडितको लगत लिन अझै पुगेनन् प्राविधिक

भूकम्प गएको दुई वर्ष बित्न लाग्दा समेत सोलुखुम्बुको पर्यटकीय खुम्बु क्षेत्रका भूकम्प प्रभावितहरूको लगत संकलनमा सरकारले चासो दिएको छैन् ।

मारमा भूकम्पपीडित

हुन त यतिबेला, भूकम्पपीडितका कुरा धेरै आए भन्ने चर्चा पनि सुनिन्छ तर जबसम्म समस्यामा परेकाहरू तड्पिरहनुपर्ने वातावरण कायमै राखिन्छ, त्यतिबेलासम्म उनीहरूले न्यायको याचना गरिरहनु बेमनासिब हुन सक्छ र?

भूकम्प प्रभावित जिल्लामा नयाँ ढाँचाबाट पुनर्निर्माण योजना

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ ।

भूकम्पपीडितको नाममा दिइएको अनुदान फिर्ता हुँदै

भूकम्पपीडितका नाममा अनुदानलगायत सुविधा उपभोग गरेका परिवारले काभ्रेपलाञ्चोकमा पहिलो किस्ताबापतको रकम फिर्ता दिन थालेका छन् ।

भूकम्पपछिको पुनर्निर्माण :ठडिँदै स्वास्थ्य संस्था

प्रिफ्याव र सेमिपर्मानेन्ट संरचनाका ४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न, जिल्ला स्वास्थ्य कार्यालयसहित १६ स्वास्थ्य चौकीका भवन निर्माणाधीन

त्रिपालमा बसेका भूकम्पपीडितलाई हटाइँदै

विनाशकारी भूकम्पपछि खुल्ला क्षेत्रमा त्रिपाल हालेर बस्दै आएका भूकम्पपीडितलाई सरकारले हटाउन थालेको छ। पहिलोपटक मंगलबार बौद्ध चुच्चेपाटीस्थित तारागाउँ विकास समिति जग्गा (चौर) मा त्रिपाल हालेर बस्दै आएका भूकम्पपीडितलाई हटाएको छ।

चुच्चेपाटीको भूकम्पपीडित शिविरमा डोजर चल्यो (फोटो फिचर)

दुई वर्ष अघि वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि बौद्ध चुच्चेपाटीस्थित तारागाउँ विकास समितिको चौरमा बस्दै आएका भूकम्प पीडितहरुको पाल भत्काइएको छ । मंगलबार बिहान करिव १० बजे नेपाल प्रहरी र सशस्त्रको टोलीले दुई डोजरको सहयोगमा पालहरु भत्काएका थिए ।

भूकम्पपीडितले चैत २६ मा ट्याक्सी पाउने

सरकारले भूकम्प प्रभावित १४ जिल्लाका पीडितलाई चैत २६ मा गोला प्रथाबाट १५ सय थान ट्याक्सी नम्बर वितरण गर्ने भएको छ। लामो समयसम्म ट्याक्सी नम्बर वितरण नगरेको भन्दै विरोध भएपछि यातायात व्यवस्था विभागले वितरण गर्ने मिति टुंगो लगाएको हो।

भूकम्पपीडित किसानलाई नहर मर्मतको चटारो

कुम्पुरका भूकम्पपीडित किसानलाई अहिले सिँचाई नहर मर्मतको चटारो चलेको छ। अघिल्लो वर्ष सिँचाई नहुँदा तरकारीजन्य उत्पादनबाट घाटा व्यहोरेका किसान यस वर्ष भने बेलैमा नहरमर्मत गरेर खेतबारीमा पानी पु¥याउने काममा व्यस्त भएका हुन्।

भूकम्पपछिको पुनर्निर्माण बिथोलियो

प्रस्तावित संघीय संरचना कार्यान्वयनमा लैजाँदा आफूहरुलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गर्नुपर्ने माग राखेर स्थानीय निकायका कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रेका छन्।

दार्चुलमा भूकम्पको धक्का महसुस

दार्चुलामा बिहान ११ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। दार्चुला सदरमुकाम खलंगाबाट ७ किलोमिटिर उत्तर पश्चिम हिकिला केन्द्रबिन्दु रहेको ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

सत्ताको खेल र भूकम्पको त्रासदी

यस मुलुकको राजनीति धमिलिनुको पराकाष्टाको अनुभूति देशको प्रत्येक नागरिकले गरिरहेकै अवस्थामा विनाशकारी भूकम्पको चपेटाको पीडा थपिन पुग्यो। धमिलो पानीमा माछा मार्न पल्केका यहाँका राजनीतिकर्मी र तिनका मतियारलाई भने त्यो भूकम्पीय त्रासद स्थिति पार्टीगत राजनीतिको जोड घटाउको खेल बन्न पुग्यो । त्यो खेल अद्यापि चलिरहेकै छ।

भारतमा गएराति भूकम्प

भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ।

भूकम्पपीडित अझै जंगलमा

'भूकम्पपछि खेती गर्न सकिएन, पैसा भए पनि किन्ने ठाउँ छैन। हाम्रो त सरकार नै छैन जस्तो छ। सरकार भए त हाम्रो दुःख देख्थ्यो होला नि।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्