२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्पपीडितले चैत २६ मा ट्याक्सी पाउने

काठमाडौं- सरकारले भूकम्प प्रभावित १४ जिल्लाका पीडितलाई चैत २६ मा गोला प्रथाबाट १५ सय थान ट्याक्सी नम्बर वितरण गर्ने भएको छ। लामो समयसम्म ट्याक्सी नम्बर वितरण नगरेको भन्दै विरोध भएपछि यातायात व्यवस्था विभागले वितरण गर्ने मिति टुंगो लगाएको हो।

विभाग प्रवक्ता टोकराज पाण्डेले सञ्चारकर्मी, उपभोक्तावादी संघ–संस्थाका प्रतिनिधि, निवेदक र सर्वसाधारणको रोहवरमा गोला प्रथाबाट ट्याक्सी नम्बर वितरण गरिने जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०७२ जेठ २८ मा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई एक हजार पाँच सय ट्याक्सी दर्ता गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो। गएको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८  भूकम्पपीडितले ट्याक्सीको दर्ता नम्बरका लागि आवेदन दिएका थिए।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर र ललितपुरका भूकम्पपीडितले परिचयपत्रका आधारमा आवदेन दर्ता गराएका छन्।

विभागले शुक्रबार भूकम्पपीडित नागरिकलाई ट्याक्सी नम्बर उपलब्ध गराउने सार्वजनिक सूचना जारी गरेको थियो।

प्रवक्ता पाण्डेका अनुसार आवेदनकर्ताको सहजताको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, र नगरपालिका लगायतका कार्यालयमा गएर आफ्नो नामावली रुजु गर्न आब्हान गरेको छ।

 विभागले  यही फागुन १८ देखि २४ गते सम्म पीडितको नामावली त्रृटी वा विवरण फरक परेमा सञ्चाउन सकिने जनाएको छ।भूकम्पपीडित प्रमाणपत्र, नागरिकताको प्रतिलिपी र अन्य आवश्यक कागजात लिएर कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।भूकम्प प्रभावित जिल्लालाई स्वरोजगार बनाउन सरकारले गएको कात्तिकभित्रै ट्याक्सीको दर्ता नम्बर उपलब्ध गराउने यस अघि बताइएको थियो। विभागले भूकम्पपीडितलाई ट्याक्सी खरिदमा कुनै सहुलियत र भन्सार छुट नभएको जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App