६ आश्विन २०८१ आइतबार
image/svg+xml

आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।

स्वतन्त्रसहित दलहरुको प्रचारप्रसार तीव्र

प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन्।

एमाले र जसपाका ४ दर्जन नेता कार्यकर्ता माओबादी प्रवेश

माओबादी प्रवेश गर्नेहरुमा एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य (जेपी), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का अध्यक्ष रबिन्द्रकुमार राई, सदस्यहरु जीतबहादुर राई, दिपेन्द्र राई, नवराज भुजेल, मणिराज राईलगायत १५ जना रहेका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दैं एमाले परित्याग गरी बिना शर्त माओबादीमा प्रवेश गरेको जनाएका छन्।

देउवाको चुनावी यात्रा: सातौँ पटक गठबन्धनको गतिलो साथ

देउवासित चुनावी प्रतिस्पर्धामा रहनुभएका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गरेका थिए। प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा (एमाले)ले सर्मथन गरेको छ।

जितेर गएपछि मुखै देखाउँदैनन् नेताहरू

पाँच वर्ष पहिले हाम्रो क्षेत्रबाट उम्मेदवारले चुनाव जितेर गएपछि हाम्रा समस्याबारेमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बेरोजगारलगायतका समस्या छन्, त्यसमा नेताहरूको ध्यानै गएन।

मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाइयो: महासचिव गुरुङ

उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छुु?'

ईश्वर पोखरेलसँग बहस गर्न ईच्छुक दुई उम्मेदवार

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रा.डा. रामप्रसाद उप्रेदी र स्वतन्त्रका हेमराज थापासँगको निर्वाचन बहस।

मतका लागि किसानको खेतबारी जोत्न पुगे उम्मेदवार

जनताको घरदैलोदेखि किसानको खेतबारीसम्मै पुगेर उम्मेदवारले मतदानका लागि आग्रह गरिरहेका छन्। कार्तिकको व्यस्त समयमा मतदाता गाउँमा कम भेटिने भएपछि किसानहरुकै खेतबारीमा पुगेर नेताहरु प्रचार गरिरहेका छन्। हलो जोत्ने, धान काट्न सहयोग गर्ने, कोटो टिप्न लाग्ने लस्ता गतिविधिमा नेताहरु सक्रिय देखिएका छन्।

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

कपिलवस्तु–३ मा एमालेबाट मंगलप्रसाद गुप्ता उम्मेदवार बनेका छन्। गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए। सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन्। गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन्।

पाका उम्मेदवारसँग भिड्दै मानुषी

पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन्।

घोषणामै सीमित घोषणापत्र

सामान्यतः निर्वाचनमा भाग लिनुअघि तयार पार्नुपर्ने मुख्य दस्ताबेज घोषणापत्र हो।यसले सम्बन्धित दलको आगामी कार्यदिशा निर्धारण हुन्छ।त्यो काम पूरा गर्न सक्ने उम्मेदवार त्यसै आधारमा चयन गर्न कोसिस हुन्छ।हामीकहाँ निर्वाचन घोषणापत्र सबै भन्दा कम प्राथमिकताको विषय हो ।

मुख्य दलका घोषणापत्रमा यस्ता छन् शिक्षाका विषय

सार्वजनिक भएका घोषणपत्रमा प्रादेशिक विश्वविद्यालय स्थापना, गुणस्तरीय शिक्षा, शिक्षा ऐनदेखि निःशुल्क तथा समान शिक्षा सम्मका विषयहरुको चर्चा गरेका छन्।

बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन्।

नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्