१६ असार २०८१ आइतबार
image/svg+xml

निजी क्षेत्रमैत्री नीति आवश्यक: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रमैत्री नीति आवश्यक रहेको बताएका छन्। शनिबार विराटनगरमा नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ऐन परिमार्जन गरी निजी क्षेत्रमैत्री बनाउन सरकारलाई आग्रह गरे।

दश वर्षभित्र दलित लेख्ने अवस्थाको अन्त्य हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

ईश्वर पोखरेलको प्रश्नः कोशी प्रदेशको नामाकरण एमालेले गराएको हो र ?

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन्।

मुख्यमन्त्री कार्की भन्छन्: ‘उद्योग दर्ता प्रदेशमै हुन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौं धाउनुपर्ने झन्झट बेहोर्नु नपर्ने बताएका छन्।

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएका छन्।

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ।

बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन हुन्छः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारले बजेटमा घोषणा गरेको १० वर्षमूनिका बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।

कोशीमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

लिम्बु र मैथिली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा कोशी प्रदेशमा लागु गर्न प्रदेशसभामा माग गरिएको छ।

कोशी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकियाे

कोशी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतवार मन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन्।

कोशीमा प्रदेश प्रमुखबाट बजेट प्रमाणिकरण

प्रदेशसभाबाट सर्वसम्मत रुपमा पारित भएको कोशी प्रदेशको बजेट प्रदेश प्रमुख पर्शुराम खापुङले प्रमाणिकरण गरेका छन्।

कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित

शनिबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सर्वसम्मतले पारित भएको हो।

कोशी प्रदेशसभा बैठक: बजेट प्रतिस्थापन विधेयकबारे निर्णय हुने

प्रतिस्थापन विधेयक माथि सोमबार र मंगलबार भएको छलफल पछि सभामुख इस्रायल मन्सुरीले खर्च कटौतीको प्रस्ताव राख्न बुधबार ११ बजेसम्मको समय दिएका थिए।

कोशीको बजेटमा खर्च कटौती गर्न ८ वटा प्रस्ताव दर्ता

कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा आठ वटा खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सदस्यहरूले दर्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्